नेपाली राजनीतिक इतिहासकका थुप्रै छुट्टै पहिचान छन । त्यो मध्येको एउटा इतिहास बोकेको पहिचान हो ‘जनयुद्ध’ । २०५२ साल फागुन १ गते माओवादी नेतृत्वको नेपालमा जनयुद्धको घोषणा गरी संघर्षको थालनी भएको आज २९ औं वर्ष लागेको छ । जनताको सहभागिता सहित भएको यो राजनीतिक संघर्ष प्रति मान्छेका भिन्न भिन्न बुझाईहरु सिर्जित छन् । हुन् त यो संसारमा आजसम्म निरपेक्ष सत्य त केही छैन तर सापेक्षतामा सत्यको पक्ष लिनु हरेक सचेत नागरिकको कर्तव्य हुन्छं । यसै परिपेक्षमा रहेर जनयुद्ध बारे यसमा सामग्रीमा चर्चा गरिनेछ ।
जब नेपालमा निरंकुश राजतन्त्रको समय थियो त्यस समय नेपाली जनतालाई आधारभूत मौलिक अधिकार बाट पूर्ण रुपमा कुण्ठित गरिएको थियो । जनताको रगत र पसिनाको सम्पत्तिमा निहित मान्छेको हालीमुहाली थियो जसले गर्न आम नागरिकको राज्यका सीमित क्षेत्रमा सीमित सहभागिता थियो । राज्यका सबै अंगहरुमा राजसंस्थाको पूर्ण नियन्त्रण र कब्जा थियो । राजाको चाहना बेगर राज्यका निकायले त होइन जनताले एक शब्द समेत बोल्न नपाउने क्रूरता थियो । २००७ साल यता केही राजनीतिक पार्टी कांग्रेस , कम्युनिस्ट लगायतका पार्टीहरुले केही हद सम्म राजसंस्था संग संघर्षको जमर्को गर्दै आएका थिए तर त्यो संघर्ष निर्णयक थिएन । २०५२ साल यता जब प्रचण्ड नेतृत्वको माओवादीले सशस्त्र युद्धको सुरुवात गर्यो त्यसलाई सुरुमा खिसीट्युरीको विषय बनाइयो । वर्षौं देखि शासकको शोषण र दमन खेप्दै आएको नेपाली जनताको जनयुद्ध प्रतिको आस्था विषय बढ्दै गयो समय क्रम अनुसार माओवादीले सुरु गरेको संघर्षले जनताको सत्ता स्थापना गर्ने , सबै उत्पीडित जाती समुदाय, वर्गको मुक्ति दिने , समाजमा रहेका शोसक वर्गको अन्त्य गरी सम्मुनत राज्य निर्माण गर्ने लक्ष्यमा हजारौं नेपाली जनता समाहित भए । करिब १० वर्ष सम्म चलेको उक्त संघर्षमा सत्र हजार मान्छे सहिद भए , सयौ बेपत्ता भए भने सयौँ घाइते पनि भए । जसको बलिदानमा अहिलेको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन् पुग्यो । राज्यका हरेक निकायमा पुनर्संरचना भयो । संविधान सभा मार्फत बनेको संविधानले केयौ दूरगामी प्रावधान राख्न सफल जसको कारण थियो जनयुद्ध । यस अर्थमा जनयुद्धलाई हिंसा देख्नेहरु मूर्ख हुन् जो सत्यलाई स्वीकार नगर्ने प्रवृत्ति पनि हो । जसको संकेत अदालतले नेपाल सरकारले दिएको बिदा खारेज गर्ने निर्णय पनि हो । तर बिदा दिएर जनयुद्धको इतिहास जोगाउन तिर माओवादीले लाग्नु हुँदैन । जनयुद्धको न्यायपूर्ण र गौरवपूर्व उपलब्धिलाई नेपाली जनताको जीवन व्यवहारमा देखाउनुपर्छ ।
जनयुद्ध कुनै व्यक्तिको या पार्टीको कुरा मात्र थिएन होइन । शोषित वर्गले आफ्नो मुक्तिका खातिर लडेको युद्धका उपलब्धि किन रक्षा हुन् सकेनन ? यो आजको मुख्य प्रश्न छ । खासगरी यसको प्रमुख दोषी माओवादी घटकहरु छन् जसले युद्धको नेतृत्व गरे । माओवादीको आन्तरिक अन्तरविरोधको कारण आज माओवादी धार चिरा चिरामा विभाजित छन । जसले गर्दा जनयुद्धको सारतत्व पुष्टि गर्न माओवादी घटक प्रयासरत त देखिन्छ तर जनता सन्तुष्ट छैनन् । हिजो जनताका सपना बोकेर युद्धको थालनी गर्ने प्रचण्ड बाबुरामहरु संसदीय राजनीतिमा रनभुल्लमा छन् भने विप्लव – वैध लगायतका नेताहरु क्रान्तिको नयाँ आवश्यकतालाई माग गर्दै आएका छन् । सत्तामा हुने संग शक्ति नहुनु र सत्ता बाहिर हुने संग समाजवाद नहुनु यी दलहरुका लागि माओवादीको असफलताको कारण छ । सत्तामा गएका प्रचण्ड पछिल्लो १७ वर्षमा २ वटा सरकार बाहेक सबै सरकारसँग सहभागी छन् र हाल तेस्रो पटक प्रधानमन्त्री छन् तर तिनै प्रचण्ड जसले युद्धको नेतृत्व गरी यो सत्ता ल्याए आज उनैलाई हत्यारा प्रचण्ड भन्ने आवाज त्यहि संसदमा छ । लोकतन्त्रले समानता स्वतन्त्रता त दियो तर जनयुद्धलाई न्याय दिएन । सत्ता बाहिर हुने दलहरु जसले नयाँ क्रान्तिको माग गर्दै आएका छन् उनको भनाइमा समाजवाद आए देश जनता स्वाधीन हुने धारणा छ । यसै वर्तमान स्थितिले न त सत्ता वालाको शक्ति बढ्ने वाला छ न त सत्ता बाहिर हुनेहरूको समाजवाद आउने वाला छ । त्यसैले शक्ति त एकतामा छ , समाजवाद व्यवहारिकतामा छ ।
माओवादीले देखाएका जनजीविका र जन्तन्त्रका थुप्रै मुद्दा थिए , जनताका , सहिद बेपत्ता परिवार लगायतका ठूला आशा थिए तर त्यो कुरालाई माओवादीले शान्तिप्रक्रियामा आए पछि पूरा गर्न अधिकांस असफल भयो । त्यसैले जनयुद्ध अन्यायमा छ । जनयुद्ध न्यायपूर्ण आन्दोलन थियो त्यसको रक्षा र विकास गरी नयाँ उचाइमा पुर्याउनु सबै सच्चा माओवादी र कम्युनिष्टको दायित्व बनेको छ । यसमा संस्थागत रूपले सबैले साझा धारणा विकास गर्न ढिला गर्न हुँदैन ।
भनिन्छ इतिहास भोग्नेलाई चुनौतीपूर्ण र पीडादायक हुन्छं भने पढ्नेलाई ज्ञानबर्धक र शिक्षामूलक हुन्छं । इतिहास वर्तमानका लागि शिक्षा र भविष्यको मार्गनिर्देशन पनि हो । आउँदो युवा पुस्तालाई जनयुद्धको इतिहासबाट घृणा पैदा नहुने सुनिश्चितता गर्न सबै तयार हुन जरुरी छ ।