काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दुईवटा अभियोग फिर्ता गर्न अनुमति दिएको छ।
महान्यायाधिवक्ता सबिता गौतम भण्डारीको पूर्वस्वीकृतिका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ती अभियोगहरू झिक्न निवेदन दिएको थियो। सोही निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश हिमलाल बेलबासेको इजलासले उक्त निर्णयलाई सदर गरेको हो। अदालतको यो निर्णयसँगै रविविरुद्धको सहकारी ठगी सम्बन्धी मूल कसुर भने यथावत् नै रहने भएको छ।














