स्वास्थ्य समस्या अनुसार नै शारीरिक परीक्षण गरिएको हो : थापा

काठमाडौँ । स्वास्थ्य परीक्षणका क्रममा महिला बिरामीको संवेदनशील अङ्ग छोएर यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकका सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापा पक्राउ परेका छन्।

गत १७ असोजमा स्वास्थ्य उपचारका लागि पुगेकी महिला बिरामीमाथि दुर्व्यवहार भएको र आफन्तले कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि पीडित पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।

बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी करणीसम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। आरोपित थापाले भने आरोप अस्वीकार गर्दै बिरामीको स्वास्थ्य समस्याअनुसार आवश्यक शारीरिक परीक्षण मात्र गरेको दाबी गरेका छन्। प्रहरीले थप तथ्य पुष्टि गर्न छानबिन जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

spot_img

छुटाउनुभयो कि ?