२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

सेप्टेम्बर ८ – लापरबाही र लज्जास्पद संवेदनहीनता

काठमाडौं । सेप्टेम्बर ८, २०२५ को दिन नेपाली इतिहासमा एउटा कालो धब्बा बनेर रह्यो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय थियो सामान्य बहाना। तर यो मात्रै विद्रोहको कारण होइन । वास्तविक जरो त भ्रष्टाचार,लुट,असमानता र पीढीगत निराशा हो ।

बेरोजगारीले थिचिएका,शिक्षा–स्वास्थ्यको व्यापारीकरणले दोहनमा परेका,आफ्नै देशमा भविष्य देख्न नसकेर विदेश पलायन हुने बाध्यतामा धकेलिएका युवाहरूले अन्ततः सडक रोजे ।

उनीहरू माइतिघर मण्डलमा जम्मा भएर नाराजुलुस गर्दै बानेश्वर संसद भवन अगाडि सम्म पुगे म पनि भीड सँगै उनीहरूकै अघि पछि थिए । त्यो जुलुस शान्तिपूर्ण थियो तर सबैको आँखामा,यो राज्य प्रतिको उदासीनता देश र आफ्नै अन्यौल भविष्यको जिम्मेदार अहीले मुलधार का पार्टी नेतृत्व को गद्दारी प्रतिको आक्रोस झल्किन्थ्यो ।

त्यो आन्दोलन तब सम्म शान्ति पुर्ण थियो जब सम्म पुलिस फोर्स ले अश्रु ग्याँस प्रहार र गोली चलाएन तब सम्म केही युवा बढी आक्रोसित देखिए पनि उनीहरूलाई अरु ग्रुपले शान्त पार्दै धर्ना बसिरहेका थिए ।

तर प्रधानमन्त्री केपि शर्मा ओली,गृहमंत्री रमेश लेखक को नेतृत्वमा रहेको नेपाल सरकार ले के गर्‍यो ? सुन्ने ठाउँमा गोली चलायो। जवाफ दिने ठाउँमा लाठी र पानी तोप प्रयोग गर्‍यो । आफ्नै सन्तानलाई शत्रु ठानेर सेनासम्म उतारियो। परिणाम—१९ युवाको रगत सडकमै पोखियो। सयौँ घाइते भए। र हजारौँ परिवार,लाखौं नेपाली आज रोइरहेका छन्।

तर,दुर्भाग्यपूर्ण विडम्बना यहीँबाट सुरु हुन्छ। जेन जेट ले आफ्नो असन्तोषलाई सडकमा उतार्दा राज्यले उनीहरूलाई सुन्ने क्षमता देखाएन । बरु, हरेक आन्दोलनलाई शत्रुको दृष्टिले हेर्ने राजतन्त्र, सामन्ती, राणा शासन को पुरानो मानसिकता दोहोरियो । नेपाल काठमाडौंका सिडियो छवि रिजाल को बिद्यार्थी मार्ने आदेश,सरकार र सुरक्षा अंगले अपनाएको दमनकारी,हिंसात्मक नीतिले १९ युवाको जीवन खोसियो, सयौँलाई घाइते बनायो,र असंख्य परिवारलाई चिरकालको पीडामा धकेल्यो ।

यो केवल प्रशासनिक भूल होइन—यो नियतप्रेरित संवेदनहीनता हो । केही महिना अगाडि बानेश्वरको तीनकुनेमा पत्रकार सहीत केही मानिसहरूले ज्यान गुमाएका थिए प्रहरीको र सरकारको यही दमनकारी प्रवितिले। क्षति पुर्ति, र न्याय को आवज उठाउँदा घुसपेठ भन्यो घटना सकियो । युवाको आवाजलाई चुप गराउने नाममा सरकारले आफ्नै भविष्यको घाँटीमा प्रहार गरेको छ । गृहमन्त्रीले राजीनामा दिए पनि,के यतिलेमात्रै जिम्मेवारी पूरा हुन्छ ? सरकारका बाँकी नेतृत्वले अझै पनि आत्मपरीक्षण गर्न नसक्नु नै यसको वास्तविक असफलता हो ।

म शोक सहित भन्न चाहान्छु — ज्यान गुमाएका ती युवाहरू केवल आन्दोलनकारी मात्र थिएनन्,उनीहरू न्याय र त्रसित भविश्यलाई उज्यालो माग्दै स्वतन्त्रताको खोजीमा उभिएका यो देशका असली नागरिक थिए । उनीहरूको बलिदान यस मुलुकको राजनीतिक नेतृत्वमाथि नैतिक ऋण बनेर रहनेछ ।

आज, राष्ट्र उनीहरूको मृत्युप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरीरहेको छ । तर श्रद्धाञ्जली मात्र पर्याप्त हुँदैन । जरुरत छ—राजनीतिक असंवेदनशीलता र भ्रष्ट शासनशैलीलाई मूलबाटै परिमार्जन गर्ने। यदि आज पनि सत्ताधारीहरूले जनआवाजलाई उपेक्षा गर्ने अडान दोहोर्याउँछन् भने,इतिहासले उनीहरूलाई क्षमा गर्ने छैन।

सेप्टेम्बर ८ ले हामीलाई एउटा कठोर सत्य सम्झाइदिएको छ—जनताको रगतले सिँचिएको माटोमा लोकतन्त्रको नाममा ठगिँदै बस्ने अवस्था अब समाप्त हुनैपर्छ ।
Photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?