नेपालले कसैको भूमि मिचेको छैन, प्रमाण सार्वजनिक गरियोस् : भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसदले प्रधानमन्त्री बालेनको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै राष्ट्रिय सीमाका विषयमा सरकारको आधिकारिक धारणा माग गरेका छन्।

​संसद्‌मा बोल्दै उनले नेपालले सधैं छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने र कसैको पनि भूमि नमिचेको स्पष्ट पारे। बरु नेपालले आफ्नै भूमि र राष्ट्रिय सीमाको पर्याप्त संरक्षण तथा व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।

​”सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल आवश्यक छ,” उनले भने, “यस्ता राष्ट्रिय संवेदनशीलताका मुद्दामा सम्पूर्ण नेपालीको धारणा एउटै हुनुपर्दछ।”

​प्रधानमन्त्रीले संसद्‌मा दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उनले नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार, स्रोत वा प्रमाण के हो भनी प्रश्न गरे। यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्तावेज भए तत्काल जनतासामु सार्वजनिक गर्न समेत उनले जोडदार माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौँ : बालेन

परराष्ट्रद्वारा १७ देशका लागि राजदूतको खुला आवेदन आह्वान

spot_img

छुटाउनुभयो कि ?