कालीकोटको नरहरिनाथमा विद्यालयभित्रको दलीयकरण हटाउन ध्यानाकर्षण

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाका विद्यालयहरूमा हुने राजनीतिक गतिविधिले शिक्षाको वातावरण बिग्रिएको भन्दै स्थानीय युवा प्रशान्त बिकले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। विद्यालय ज्ञान आर्जन गर्ने स्थान भएकाले यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने उनको जोड छ।

शिक्षा ऐन र नियमावलीले विद्यालयलाई “शान्ति र राजनीति निषेधित क्षेत्र” तोकेको स्मरण गराउँदै बिकले विद्यार्थीलाई दलीय भीड र प्रदर्शनमा प्रयोग गर्न नहुने बताए। विद्यालयमा दलीय विभाजन हुँदा विद्यार्थीबीच द्वन्द्व बढ्ने, शिक्षकहरू विभाजित हुने र तालाबन्दीले पठनपाठन ठप्प हुने उनको भनाइ छ।

कलिलो उमेरमै दलगत प्रभावमा पार्नु घातक हुने उल्लेख गर्दै बिकले नेतृत्व विकासका लागि बाल क्लब, स्काउट र वादविवाद जस्ता रचनात्मक विकल्प अपनाउनुपर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?