नेपाल-भारत वार्ता: प्रधानमन्त्री शाहको भ्रमणमा २४ हजार करोड रुपैयाँको सहयोग प्याकेज घोषणा

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार दिल्लीमा द्विपक्षीय वार्ता भयो। वार्तापछि भारतले नेपाललाई बाढीपछिको पुनर्निर्माणका लागि ठूलो आर्थिक सहयोग प्याकेज दिने घोषणा गरेको छ। दुई देशले आठ सहमतिपत्रमा हस्ताक्षर गरे र सीमापार रेल सेवा पनि सुरु गरे।

शाह यही मार्चमा पदभार सम्हालेपछि भारतको पहिलो भ्रमणमा आएका हुन्, र प्रधानमन्त्रीका रूपमा यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो। मोदीको निमन्त्रणामा उनी दुई दिने राजकीय भ्रमणमा आएका हुन्। आइतबार साँझ दिल्ली पुगेका उनको भ्रमण सोमबार सकिने कार्यक्रम छ। अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार उनीसँग छन्।

आइतबार नै शाहले भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटेर जडान, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धबारे छलफल गरे। सोमबार बिहान राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत र गार्ड अफ अनर गरियो, जहाँ मोदी पनि उपस्थित थिए।

हैदराबाद हाउसमा वार्ता

मोदी र शाहबीच हैदराबाद हाउसमा बिहान ११ बजे वार्ता सुरु भयो। भेटका क्रममा दुवै नेताले गंगाजल र रुद्राक्षमाला उपहार आदानप्रदान गरेको दृश्य सार्वजनिक भयो। वार्ता एकल भेट र प्रतिनिधिमण्डल स्तरको छलफलमा विभाजित थियो, जसमा दुई तर्फबाट पाँच–पाँच जना सहभागी थिए।

मोदीले घोषणा गरे सहयोग प्याकेज

वार्तापछिको संयुक्त प्रेस वक्तव्यमा मोदीले शाहको नेतृत्व र नेपालको भविष्यप्रतिको प्रतिबद्धता आफूले महसुस गरेको बताए। उनले संयुक्त राष्ट्रसंघमा विश्वको कान्छो प्रधानमन्त्रीका रूपमा शाहले दिएको सम्बोधनमा देखिएको दृष्टिकोण आजको छलफलमा पनि देखिएको उल्लेख गरे।

मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २४० अर्ब नेपाली रुपैयाँ (करिब १.६२ अर्ब अमेरिकी डलर) बराबरको विकास सहयोग प्याकेज घोषणा गरे। उनले अगस्टमा नेपालमा आएको बाढीमा भएको जनधनको क्षतिप्रति समवेदना जनाए र कठिन समयमा काठमाडौंसँग उभिने भारतको प्रतिबद्धता दोहोर्याए। प्रभावित परिवारलाई जीवन पुनः पटरीमा ल्याउन र भविष्यका विपद्सँग जुध्ने नेपालको क्षमता बलियो बनाउन सहयोग गर्ने उनको भनाइ थियो।

नेपालका युवा पुस्ताको आकांक्षा पूरा गर्न उच्च शिक्षा, नवप्रवर्तन र सीप विकासमा सहयोग गर्ने भन्दै मोदीले स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब र नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने घोषणा पनि गरे।

शाहले दिए लगानीको निम्तो

शाहले वार्तालाई स्पष्ट, सारगर्भित र भविष्यमुखी भएको बताए। उनले दुई देशको शताब्दीयौँ पुरानो सम्बन्धलाई सुदृढ र आधुनिक बनाउने प्रयासमा यी उपलब्धिले युवा पुस्ताका लागि अवसर खोल्ने आधार तयार गर्ने उल्लेख गरे। उनले सम्झौता र परियोजनाले जमिनमा वास्तविक आर्थिक र सामाजिक नतिजा दिनुपर्ने जोड पनि दिए।

उनले भारतीय लगानीकर्तालाई नेपालमा आएर दुई देशको आर्थिक समृद्धिमा साझेदार बन्न आग्रह गर्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिए। उनले आमन्त्रण र आतिथ्यका लागि मोदीप्रति आभार प्रकट गर्दै आपसी सम्मान, विश्वास र सद्भावलाई सम्बन्धको आधार भने।

भ्रमणका क्रममा अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती सेवा क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा, दिगो सहरी विकास र कृषि क्षेत्रमा आठ सहमतिपत्रमा हस्ताक्षर भए। वार्तापछि दुवै नेताले सीमापार जडान, ऊर्जा र पूर्वाधारका छवटा ठूला परियोजना भर्चुअल रूपमा उद्घाटन तथा शिलान्यास गरे। उनीहरूले सीमापार रेल सेवा सरयू–कमला एक्सप्रेसलाई हरियो झन्डा देखाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

spot_img

छुटाउनुभयो कि ?