नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न रोक लगाउने नयाँ मापदण्ड तयार पारेको छ। बोर्डले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका’ अनुसार अब प्रतिसेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीहरूले सर्वसाधारणका लागि सेयर जारी गर्न पाउने छैनन्।

सेबोनका अध्यक्ष गोपाल भट्टले अघि बढाएको यो कदमले विगतमा जलविद्युत् लगायतका क्षेत्रमा देखिएका कमजोर र ऋणमा डुबेका कम्पनीहरूलाई सेयर भिराएर प्रवर्द्धकहरूले लाभ लिने विकृतिलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ। यसअघि वर्षौंसम्म घाटामा रहेका तथा १०० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीले समेत आईपीओ जारी गरी सर्वसाधारणको रकमबाट ऋण चुक्ता गर्ने प्रवृत्ति मौलाएको थियो।

नयाँ व्यवस्थाले साना तथा सर्वसाधारण लगानीकर्ताको पुँजीलाई उच्च जोखिमबाट जोगाउनुका साथै पुँजी बजारमा वित्तीय सुशासन र गुणस्तरीय कम्पनीहरूको मात्र प्रवेश सुनिश्चित गर्नेछ। यद्यपि जलविद्युत् प्रवर्द्धकहरूले यो व्यवस्थाप्रति असन्तुष्टि जनाए पनि बोर्डले वास्तविक खुद सम्पत्ति र पारदर्शी लेखापरीक्षण भएका कम्पनीलाई मात्र स्वीकृति दिने रणनीति अपनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?