आँसुसंगै भिजेकोहर बिहान बारबार पिरोल्छ ।
देख्छु हरसाँझ एउटै सपनी लगातार पिरोल्छ।
मुछेर अनि आँसु प्रत्येक गाँस संग देख्दै देख्दैन ।
मन्जिल दुर रहेछ सपनीले हतारहतार पिरोल्छ ।
माटो धोखेबाज रहेछ ।
मलाइ बगरसम्म पुर्यायो नाङ्गो भएर पनि
जिउन दिदैन दुनियाँ तारन्तार पिरोल्छ ।
कल्पना फुलैफुलको बनाएर मात्रै के गर्नु
सपना आँसु रहेछ मलाई हजारबार पिरोल्छ।