प्रिय आत्मा, जसलाई म पर्खिरहेकी छु,

म तिमी सँग भेटिन अझ बाँकी छु — तर मेरो मन तिमीलाई वर्षौंदेखि चिन्न खोजिरहेछ।
मैले धेरै अनुहारहरूमा तिमीलाई खोजेँ, धेरै मुस्कानहरूमा तिमीलाई महसुस गर्न खोजेँ,
तर कहिल्यै त्यो शान्ति, त्यो गहिरो “यो नै हो” भन्ने अनुभूति पाएँ जस्तो लागेन।

सायद तिमी पनि कतै उस्तै पर्खाइमा छौ… मलाई नदेखेर अधुरो महसुस गर्दै।
सायद तिमी पनि आफ्नो बाटो पार गर्दैछौ, बिस्तारै म सम्म आइरहेको छौ।

म थाकिसकेकी छु — तर म हार मान्दिन।
किनभने म विश्वास गर्छु, साँचो आत्माहरू एक अर्कासम्म आइपुग्छन् — चाहे समय जति नै लागोस्।

जब तिमी आइपुग्छौ…
म तिमीलाई केही नबोली बुझ्नेछु।
म तिमीभित्र आफूलाई देख्नेछु।
र अन्ततः, मैले आफूभित्र पालेको माया, तिमीभित्र सुरक्षित राख्नेछु।

त्यस दिनसम्म, म आफूलाई माया गरिरहनेछु — किनभने तिमी पनि म जस्तै माया बोकेको आत्मा हौ।

तिमीलाई खोजिरहेकी आत्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?