निर्जीव कि सजीव ?!

प्रतिमा कार्की

कुनै निर्जीव तस्बिर
तस्बिरजस्तो लाग्दैन,
बरु आफैं जीवन्त बनेर
श्वासको आभास बोकेर उभिन्छ !
जहाँ मुटुको धड्कन
चोरिएझैँ स्पन्दन बनेर बस्छ,
जहाँ आत्मा मिसिएपछि
रङ्गशाला मधुशाला बनेर झुम्छ !
त्यसैले त, कुनै तस्बिर
तस्बिरजस्तै लाग्दैन !

कस्तो तस्बिर ?!
ओहो!
बन्द आँखा, मौन ओठ र ठिङ्ग शरीर
प्रेमको माधुरी चुमेझैँ,
नसुनिएका पवित्र कविता
कोरिएझैँ !
अदृश्य प्रेमिल उन्माद,
जीवन हो कि रङ्ग ?
प्रेमको रङ्गले यौवन रंगाएझैँ !
साँच्चै,
कुनै तस्बिर
तस्बिर मात्रै लाग्दैन !

सजीव तस्बिरहरू-
रूपले सजिएका,
श्वासले उभिएका,
आकर्षणले भरिएका,
विश्वासले घेरिएका,
मुटुको चालले चलिरहेका छन् !

हो,
तिनै तस्बिरहरू
तिनै तस्विरहरूसँग
सधैं दौडिरहन्छन् मन !
अतृप्त चाहनाहरूको पछिपछि !

तर,
खुला आँखा,
सचेत मस्तिष्क,
प्रेमिल आत्मा र स्वतन्त्र मन
जब यिनै सजीव तस्बिरहरूसँग
ठोक्किन्छन्, जुध्छन् !

ओहो !
कस्तो अत्यासलाग्दाे,
कस्तो भयावह अत्यासपूर्ण !
सजीव देखिने ती चित्रहरू त
आत्मा निचोरिएका,
मानवता हराएका,
प्रेम डगमगाएका,
विश्वास रित्तिएका,
फगत सास मात्र चलिरहेका
बेरङ्ग, बेतुकका तस्बिरहरू पो रहेछन् !

अनि रक्त पिपासुका
गन्ध मिसिएका,
बेरङ्ग, बेढङ्ग, बेशरमी, बेइमानी,
मासु र हड्डीका थुप्राजस्ता मात्र !
ती सजीव तस्बिरहरू
अहँ, पटक्कै जीवन्त लागेनन् !
कुनै काेणबाट पनि
आत्मिक लागेनन्,
प्रेमिल लागेनन् !
विश्वासिलाे त झन्,
अहँ,
फिटिक्कै लागेनन् !
लाग्दैलागेनन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?