१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

अनी बहिनीले नयाँ जुत्ता किनिदिन « Yug Press

सुजित सिनाल

हामी ६ भाई बहिनी हो । ४ दाजु भाई २ दिदिबहिनी म माईलो हो, म भन्दा माथी दाजु श्याम सिनाल त्यो पछी २ दिदि दिपा र लक्ष्मी २ भाई सुरेन्द्र र अमित । दाजु भाई दिदिबहिनीको सम्बन्ध, मायाको बारेमा मैले धेरै लेख्नु भनेको मेरो शब्द पनि अधुरो हुन्छ । हामी सबैको जन्म डडेल्धुराको खलंगामा भएको थियो । सानो छँदा सबै भन्दा बढी झगडा हुने भनेको दिदिहरुसँग हो मेरो, सानो सानो कुरामा झगडा गर्ने कराउने हान्ने सबै कुरा दिदिहरुसँग हुन्थ्यो, तर भाईहरुसंग त्यस्तो झगडा भएन मेरो, भएको होला तर मलाई त्यती याद भएन, उमेरको पनि धेरै फरक छैन दिदिहरुसँग मेरो, म भन्दा माथीको दिदि एक वर्ष जेठो अर्काे दिदि २ वर्ष जेठो, म भन्दा माथीको दिदि लक्ष्मीलाई मैले आफनो याद सम्हालेदेखी कहिले दिदि भनेन बहिनी नै भने, किन भने मलाई बहिनी भन्न खुब मन पर्ने, तर बहिनी नभएपछि उनै दिदिलाई मैले बहिनी भने, त्यसमा पनि आफुलार्ई दाजु भन्न लगाउनको लागि मिठामिठा खानेकुरा दिने, सामानहरु किनिदिने पनि गरे, अनी तपाई हजुर को साटो तँ भन्न थाले, उसलाई मैले दाजु भनेर सम्बोधन गर्ने बनाए, उसले पनि तँ नै भन्ने गर्छे । उसले मलाई दाजु भनेको दिन सारै खुसी लाग्ने अब के हन थाल्यो भने खानेकुरा दियो भने मात्रै दाजु भन्ने नत्र भाई भनेर बोलाउन थाली म दाजु शब्द सुन्नका लागि पनि उसलाई खानेकुरा दिने, उसको काममा सहयोग गर्ने उसको गृहकार्य गर्ने गर्दथे, विधालयमा पनि हामी बिच एक कक्षाको फरक थियो बहिनी २ मा पढदा म १ मा पढथे पछि ८ कक्षामा दिदि र बहिनी दुबै फेल भएपछि हामी सँगै पढने भयौ, त्यो बेलामा सबै हामी साथी जस्तै थियौ, हरेक कुरा सेयर गर्ने, खानेकुरासँगै खाने, सँगै विद्यालय जाने, राम्रो थियो पल पछि हामी सँगै एसएलसी दियौ सबै पास भयौ र म साधारण विधालयमा पढन थाले बहिनी र दिदिलाई बुवाले ए .एन .म पढाउन काठमाण्डौ पठाउनु भयो, उनिहरु आफनो पढाई गर्न थाले म पनि यता डडेल्धुरामा बसेर आफनो पढाई गर्न थाले समय बित्दै गयो हामी सबैले आफनो अध्ययन सिध्याए, बहिनी डडेल्धुरामा काम गर्न थाली, म कञ्चनपुरमा आएर काम गर्न थाले बहिनीको बिहे पनि भईसक्यो उ धेरै बुझने भएकी छ । मेरा बाानी सानैदेखी कस्तो थियो भने आफनो लुगा जुत्ता चप्पल केही फाट्यो भने त्यसलाई सिलाएर बनाएर फेरी प्रयोग गर्ने बानी थियो । म पेशाले पत्रकार सामुदायिक रेडियोमा काम गर्ने मासिक आम्दानी पनि खासै राम्रो नभएको अवस्था थियो । एक जोर पुरानो जुत्ता भिनाजुलाई ठुलो भएपछि मलाई लगाउने हो साला जी भनेर दिनु भयो, मैले पनि हुन्छ भने किन भने त्यो जुत्ता मलाई ठिक्क भयो, मैले जुत्ता लगाएको एक वर्षभई सकेको थियो । अब अहिले उक्त जुत्ता माथीबाट राम्रै थियो तर तलबाट तइसमा प्वाल परिसकेको थियो, प्वाल सानो थियो खासै असर परेन पछि जुत्ता लगाउँदै जाँदा प्वाल पनि ठुलो भयो, खुट्टामा ढुङगाहरु बिजाउने, पानीमा लगायो भने भित्रै पानी ,पस्ने खुट्टामा घाउ हुने सम्म हुन थालेपछि मैले अर्काे जुत्ता किन्नेकी ? भनेर मनस्थिती बनाए तर मनमा यसैलाई पनि बनाएर लगाउन सकिन्छ भन्ने पनि धारणा आएपछि मैले पुरनो चप्पललाई काटेर जुत्ताको तल टाँसेर लगाउने बनाए, काम विषेसले मैले डडेल्धुरामा जानु पर्ने काम भयो, त्यही जुत्ता लगाएर म डडेल्धुरा गए, अब त्यही लक्ष्मी बहिनी पनि बस्ने भएकाले उसलाई भेटन पनि गए, भेटघाट भयो मैले काम सकेर महेन्द्रनगर फर्किए, तर उक्त दिन बहिनीले मैले चप्पल काटेर जुत्ताको तल हालेर लगाएको बहिनीको आँखाले देखेको रहेछ, उनले मलाई केही पनि भनिन, तर त्यसको २ महिना पछि उनि पनि काम विषेसले महेन्द्रनगर आईन, म खुशी भए बहिनी आई भनेर, राति संगै बसेर खाना खाई रहेका थियौ तर उनको आँखाबाट आँसु आएको देखे मैले सोधे किन हो रोएको बहिनी, उनले रुदै भनीन दाजु त्यो डडेल्धुरामा लगाएर गएको जुत्ता फाल्नु भयो की ? राख्नु भएको छ ? मैले भने राखेको छु , त्यही लगाउँछु अहिले पनि, तर किन सोधेको तिमीले, उनले भनीन दाजु मलाई हजुरले लगाएको जुत्ता देखेर मन सारै दुखेको थियो, मेरो मनमा त्यती बेलै दाजुलाई जुत्ता किन्न पाए हुने भनेर सोच आएको थियो, तर मसंग पनि पैसा थिएन, दाजु त्यो जुत्ता फुर्नु है भनीन, उनले भनेको कुराले मनमा छोयो मेरी बहिनीले मेरो यती चिन्ता गरेको भनेर म पनि रोय, खाना खायौ सुत्यो भोली बिहान भयो म विस्तरबाट उँठेर बाहिर आए तर बहिनीलाई कहिकतै देखेन, मैले आफनो श्रिमतीलाई सोधे बहिनी खोई, उनले भनिन बजार जानु भएको छ, एकछिन पछि बहिनी बजारबाट आईन, उनको हातमा कालो प्लाष्टिक थियो, मलाई भन्दै हासेर खुशी हुँदै भनीन दाजु लिनु तपाईका लागी नयाँ जुत्ता, मैले प्लाष्टिक समातेर खोले मेरा आँखाबाट आसुहरु खसि रहेका थिए । उनले भनीन अब यी खुट्टाहरुमा ढुङगा बिजाउने छैनन, खुट्टामा घाउ हुने छैनन् हिडन सजिलो हुनेछ ।

(लेखक सीनाल कञ्चनपुरमा लामो समय देखि रेडियो पत्रकारितामा आवद्ध छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?