नेपालको जनवादी साँस्कृतिक आन्दोलन रक्ष्यात्मक अवस्थामा छ । २०५२ फागुन १ गते संचालन भएको दसवर्षको महान जनयुद्धमा सफलताको शिखरतिर पुगेको जनवादी साँस्कृतिक आन्दोलन ६२-६३ को जनआन्दोलन पछि एक पछि अर्को गर्दै खाएको अभुतपुर्ण धक्का , नेतृत्वको तहमा देखिएको राजनीतिक बैचारिक विचलन , राजनीतिक एवम् सामाजिक बिज्ञानमा देखा परेका नयाँ अन्तरबिरोधको पहिचानको समस्या , स्थापित भएका जनसँस्कृतिहरुको विधटनले जस्ता करणहरुले नै आज जनवादी साँस्कृतिक आन्दोलनले रक्ष्यात्मक अवस्थाको सामना गर्नु परेको छ । तथापि कमजोर अवस्थामा भने पक्कै पनि छैन । ६५ % कम्युनिस्ट जनमत भएको (देश )नेपालमा जनवादी संस्कृतिको प्रभाव र महत्त्व भने निकै उत्साहजनक नै छ । तर पनि स्थापित भएका जनसँस्कृतिहरु किन ढले ? परम्परागत कुरिती बाट किन जनता माथी उठ्न सकेको छैनन ? नेपालमा किन साम्राज्यवादी सँस्कृतिको जबर्जस्त प्रभाव बड्दै छ ? अबको नेपालमा जनवादी साँस्कृतिक आन्दोलनलाई कसरी अगाडि लैजाने वा कसरी अगाडि बड्छ ? यावत प्रश्नहरुले हामिलाई घच्घच्याईरहन्छ । आउनुस छलफल गरौँ दुई शिविर साँस्कृतिक विषयमा :
(१)साम्राज्यवादी पुँजिवादी , दलाल पुँजिवादी सँस्कृती
(२) जनवादी तथा समजवादी सँस्कृती
– साम्राज्यवादी-पुँजिवादी सँस्कृति-
आज नेपालमा साम्राज्यवादी- पुँजीवादी संस्कृति चलिरहेको छ । जनताको दैनिक क्रियाकलापमा लुटको खेती गरेर (धर्मको नाममाहोस वा
नारिहरुको शरीर ब्यापार गरेर होस युवालाई बिदेश बेचेर होस वा देश बेचेर होस ) जिवन बाचिरहेको छ । साम्राज्यवादी एबम पुँजिवादी वा दलाल पुँजिवादी सँस्कृती ! सामान्यतया सँस्कृती भन्नाले मानव जीवन यापन सिलसिलामा चलिरहने विभिन्न कार्यहरु जस्तै : चाडपर्व , खानपिन , जन्म , विबहा , मृत्यु , श्रम उत्पादन , आचरण , व्यबहार , आधार सम्मान , अन्यहरु पर्दछन । यी हाम्रो समाजमा युगौंदेखि चलिरहेका सँस्कृतिहरु हुन । मानिस जब जीवन यापनका लागि श्रममा भाग लिन थाल्यो । त्यसपछी मात्र सँस्कृतिको उत्पती भएको थियो । गतिशिल समाज एक पछि अर्को नयाँ , नयाँ चरण पार गर्दै बिज्ञान प्रबिधिको युगमा पुगेको छ । तर आज पनि नेपाली समाज रुढीबादी , अन्धविश्वास , अराजकतावादी , उपभोक्तावादी , छाडा र विकृती सँस्कृतीको उत्पिडन यथात अवस्थामा छ । हामिलाई निकै नै गम्भीर बनाएको छ । कि दलाल पुँजिवादी सँस्कृतिले नेपाली समाजलाई नयाँ चेतनामा बिज्ञानको बिकाशलाई अगाडि बढ्न दिएको छैन । सँस्कृतिमा धर्मलाई जोडेर अन्धविश्वास र रुढीबादको आधारमा साम्राज्यवादी छाडा सँस्कृतिले नेपाली समाजमा जरो गाडेर बसेको छ । जन्मिदै गरेको शिशुको दिमागमा भुतप्रेतका तानाबाना बुनिन्छन । आजसम्म कसैले पनि देख्न नसकेको , भेट्न नसकेको कुनै बैज्ञानिक सम्मत तर्क नभएको अनि यसरी मान्छेलाई किन बाधिन्छ । बिवाहा जस्तो प्रकृतिक नियम पुरुष र महिला बिचको आकर्षणलाई वा एकनिष्ट प्रेमलाई सामाजिक कानुनको घेराबन्दीमा परेर दाइजो प्रथाको नामना बस्तुको आउ जसरी किनेको किनेको वा बेचेको जस्तो आम महिलाहरुलाई उत्पीडनको जातोमा पिसिएको छ । राजामहाराजाहरु जसले सम्पुर्ण जनतालाई लुटेर ,दास बनाएर , कमैया बनाएर , एकात्मक साशन गरे । मोजमस्तिमा जीवन निर्भाहा गरे । पर्बको नाममा उनिहरुलाई ढोक्नु पर्ने उनिहरुले जवर्जस्ती लादेको कथित कानुन मान्नुपर्ने ? न जिवनमा उनले कहिले कुनै बिज्ञान सम्वत बैज्ञानिक काम गरेका छन । बरु कानुनको बलदारा जाती , धर्म , छुवाछूत , रुढीबाद र अन्धविश्वासको भुमरीबाट नेपाली समाजका चेतनाका बाधक र यथास्थितिवादका बलिया खम्बा बनेर उभिका छन । त्यस कारण त्यसलाई तोड्न भत्काउन जनवादी साँस्कृतिक आन्दोलनले निर्णायक भुमिका खेल्नु पर्दछ । अहिले समाजमा देखिएका जाडरक्सी , जुवातास , यौनदुर्वेसन , युवा पलायन हुने , मानव बेचबिखन , खुल्ला वेस्याबिर्धी ,वैदेशिक धार्मिक हस्तक्षेप , जस्ता बिकृतिका विरुद्ध तत्काल सशक्त जुध्न साहास नेपाली जनवादी आन्दोलनले गर्नु पर्दछ । यी समस्याहरुको सामाधान गर्दै जनतामा नयाँ र बैज्ञानिक सँस्कृतिको निर्माण र व्यापक रुपमा स्थापित गर्ने जिम्मेवारी वा अभिभारा जनवादी साँस्कृतिक आन्दोलनले पूरा गर्नु पर्दछ ।
–जनवादी तथा समाजवादी सँस्कृती –
जनवादी तथा समाजवादी सँस्कृती भनेको अग्रगामी प्रगतिशील र समाजवादी सँस्कृती हो । अथवा जनवादी सँस्कृती कम्युनिस्ट सँस्कृती हो । जनवादी सँस्कृतिले नै समाजवादी सँस्कृतिको जग बसाल्दछ । कम्युनिस्टहरुको नेतृत्व र क्रान्तिकारीहरुको संयुक्त मोर्चाको आधारमा नै जनवादी तथा समाजवादी साँस्कृतिक आन्दोलन अगाडि बढ्छ । कम्युनिस्ट पार्टीको प्रत्यक्ष नेतृत्वमा साँस्कृतिक मोर्चा संचालन हुन्छ । जनवादी एबम समाजवादी साँस्कृतिक मोर्चाले नै सर्वहारा वर्गीय आन्दोलन अगाडि बढाउनु पर्दछ । साँस्कृतिक आन्दोलन अगाडि बढाउने माध्याम भनेको कम्युनिस्ट पार्टीको नेतृत्वमा नै साँस्कृतिक मोर्चामार्फत अगाडि बढाउनु पर्दछ । साँस्कृतिक मोर्चा एबम संगठनको काम भनेको जनतालाई सुसूचित गर्नु , जनताको जिवनसित जोडिएको साहित्य गित रचना निर्माण गर्नु , आफ्नु (माटो ) देशप्रती प्रेम सिर्जना गर्नु , कथित हिन्दु धर्ममा गजल्टिएको नेपाली समाजलाई बैज्ञानिक समाजतिर अग्रसर गराउनु , परम्परागत कुरिती बिकृती र बिसंगतिबाट सभ्य समाज निर्माणमा आम नागरिकलाई प्रेरित गर्नु हुन्छ । हामी त्यसमा आवद्ध हुनुपर्दछ । आज जसरी नेपाली समाज साम्राज्यवाद दलाल पुँजिवादि सँस्कृतिबाट ग्रसित बन्दै गैरहेको छ । महिलाहरुलाई भोगको साधन बनाउने र उत्पादनको बिज्ञापन बनाएर सुन्दरताको नाममा नाटक मन्चन गरेर समाजलाई बिकृतिको खाडलमा हाल्ने परनिर्भरताको शिकार बन्ने, युवाहरुको पसिनामा लुटको स्वर्ग देख्ने ,जातिय छुवाछूतको पर्खाल खडा गर्ने , जस्ता सँस्कृतिका विरुद्ध भयानक संघर्ष परिचालन गर्दै ! जनताको जिवनसँग गासिएका जनप्रेमी , प्रगतिशील , जनवादी समाजवादी साहित्य, गित, निर्त्य ,कबिता रचनाहरुतिर नेपाली समाजलाई डोर्याउनु पर्दछ । साम्राज्यवादी पुँजिवादी ,उपभोगवादी ,अस्लिल, बिकृती र छाडा सँस्कृति र जनवादी समाजवादी तथा बैज्ञानिक सँस्कृतिलाई प्रधान ठान्ने यी दुई प्रबिधी संगसंगै दौडिरहेको हुन्छन । त्यसैले साँस्कृतिक आन्दोलनको प्रश्न भनेको विस्वदृष्ठिकोणको प्रश्न हो । सँस्कृती बदल्ने कुरा भनेको सोच बदल्ने , आनिबानी बदल्ने कुरा हो । आदतको सत्ता पल्टाउने कुरा हो । उत्पादनको तरिका बदल्ने कुरा हो । तर साम्राज्यवादि-पुँजिवादी सँकृतिले धर्मको नाममा वा बजार मूल्य बिर्धिको नाममा वा कुनै पनि हालतमा पैसा धन सम्पनी निर्माण गर्नु प्रधान ठान्छ । पैसा कमाउने धन्धाबाहेक अरु त्यो सँस्कृतिमा केही पनि छैन । मानवता , कला , साहित्य , सँस्कृतिले समाज बदल्न सक्छ भन्ने कुरा उसको हुदैन ! मात्र उपभोगको बस्तु बनाएर सम्पत्ति कमाउने तिर लागिरहेको हुन्छ । त्यसैले आजको विश्व इतिहासमा वा नेपाली समाजमा जनवादी बैज्ञानिक साँस्कृतिक आन्दोलनको अति आवश्यकता छ । साम्राज्यवादी पुँजिवादी दलाल पुँजिवादी सँस्कृतिका विरुद्ध जनवादी तथा समाजवादी साँस्कृतिक आन्दोलनको मुल दिशा चाहिन्छ । त्यसले जनवादी आन्दोलनको बैचारिक संघर्ष र बहस संचालन गर्नुपर्ने छ । त्यति मात्र हैन बैचारिक संघर्ष र बहसबाट जनवादी साँस्कृतिक आन्दोलननलाई सर्वहारा सँस्कृतिमा रुपान्तरण गर्दै लैजानुपर्दछ ।
सबै लेखक साहित्यकार कलाकारहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वको झन्डामुनी रहेर मात्र जनवादी तथा समाजवादी साँस्कृतिक आन्दोलनलाई पूरा गर्न सकिन्छ । सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी विना त जनवादी समाजवादी साँस्कृतिक आन्दोलनको कल्पना पनि गर्न सकिँदैन ।
(लेखक चन्द्र सी सामना परिवारका केन्द्रीय सदस्य हुन्)