७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

यी हुन १९ भौतिकवादी चिन्तक [विस्तृतमा]

मेंडल ग्रेगोर जोहान (१८२२-८४) : अस्ट्रियाली प्रकृतिशास्त्री, आधुनिक वंशानुविज्ञानका जन्मदाताहरुमध्ये एक। आफ्ना प्रयोगहरुका परिणामहरुलाई उनले आफ्नो जीवनको मुख्य कृति ‘वनस्पतिहरुको संकरणमाथि प्रयोग’ (१८६६) मा प्रस्तुत गरेका थिए। उनले यो प्रस्थापना प्रस्तुत गरे कि लैंगिक कोशिकाहरुमा वंशानुगत इकाइहरु हुन्छन्, जुन वंशानुगत कारकहरुका स्नानान्तरण संयोजनहरुका नियमहरुको अधीन हुन्छन्। अब मेण्डलको नामबाट ज्ञात यी नियमहरु वंशानुगतताको कणमय, विच्छिन्न प्रकृतिसम्बन्धी मतको आधारमा निहित छन्, जसले वंशानुविज्ञानको विकासमा धेरै ठूलो भूमिका निर्वाह गर्दछ। मेण्डलले जीवविज्ञानको एउटा यस्तो सबभन्दा जटिल समस्याको भव्य विज्ञानसम्मत समाधान प्रस्तुत गरे, जसबाट धर्म र आदर्शवादले धेरै लाभ उठाउने गर्दथे। र भौतिकवादको विकासमा वस्तुगत ढंगबाट साहयता गरे।

मेच्निकोभ, लेव इल्यीच (१८३८-८८) : रुसी समाजशास्त्री, भूगोलशास्त्री, पत्रकार-लेखक, जनवादी, मेच्निकोभले इटलीको राष्ट्रिय मुक्ति आन्दोलनमा भाग लिए र गारीबाल्डीका हजार नामक सेनामा स्वयंसेवक थिए। उनी हर्जेनको ‘घंटी’ तथा चेर्निशेव्स्कीको ‘समकालीन’ पत्रिकाहरुको लागि लेखिरहे। उनले विश्वसभ्यताको इतिहासको विषयमा एउटा कृति लेख्ने कुरा सोचेका थिए, तर उनले त्यसको केवल भूमिका मात्र लेख्न सके, जुन १८८९ मा ‘सभ्यता तथा महान ऐतिहासिक नदीहरु’ शीर्षकमा प्रकाशित भयो। उनी समाजशास्त्रमा भौगोलिक धाराका पक्षधर थिए। उनको मतानुसार सामाजिक विकास भौतिक-भौगोलिक, मुख्यतया जलमण्डलीय पर्यावरणबाट निर्धारित हुन्छ। सम्पर्कका नदीमार्गहरु, सागरीय तथा महासागरीय मार्गहरुले क्रमशः प्राचीन, मध्ययुगीन तथा वर्तमान सभ्यताहरुको निर्माण गरे। मेच्निकोभले नश्लवादको र ती समाजशास्त्रीहरुको विरोध गरे, जसले जीवविज्ञानका नियमहरुलाई समाजमा लागू गर्दथे। उनी मानिसहरुको, जसले प्रकृतिलाई निरन्तर रुपमा परिवर्तित गरिरहन्छन्, स्वतन्त्र सम्बन्धलाई समाजको विशिष्टता मान्दथे। यो सत्य हो कि यसमा मेच्निकोभ आफ्ना विचारहरुमा सुसंगत थिएनन्, किनभने उनले पशुजगतमा पनि सामाजिक सम्पर्कका तत्व देखे। मेच्निकोभले इतिहासको आदर्शवादी धारणामाथि नियन्त्रण प्राप्त गर्न सकेनन् र उनी अत्याचारबाट अराजकतातिर विकसित भइरहेको समाजमा एकता तथा स्वतन्त्रताको संवृद्धिलाई सामाजिक प्रगतिको कसी मान्दथे (उनीमाथि बाकूनिनका प्रभाव थियो) । मेच्निकोभको सिद्धान्तले समाजको विषयमा धार्मिक-दार्शनिक विचारहरुको विरुद्ध संघर्षमा सकारात्मक भूमिका निर्वाह गर्‍यो।

मेयो एल्टन (१८८०-१९४९) : अमेरिकी समाजशास्त्री, अमेरिकी औद्योगिक समाजशास्त्रका संस्थापक। मेयोका अनुसार मालिकहरु र नोकरहरुको बीचका सम्बन्धहरुसहित सामाजिक समूहहरुको बीचका सम्बन्धहरुको भावनात्मक स्वरुप हुन्छ र त्यसैकारण समाजमा कुनै वस्तुगत वर्गीय अन्तर्विरोध विद्यमान हुँदैनन्। त्यसकारण मानिसहरुले आफ्नाो रहनसहन र श्रमका परिस्थितिहरुको सुधारमा होइन, बरु आफ्ना बरिष्ठहरुसँग राम्रा सम्बन्धहरुको स्थापनामा रुचि लिनुपर्दछ। मेयोको विचारमा समाजशास्त्रले व्यावहारिक रुपमा यस्तो शान्तिमा योगदान गर्नुपर्दछ र श्रमजीवीहरुको चेतना, मनस्थिति र नैतिकतामाथि प्रभाव पार्ने सिफारिसहरु तयार गर्नुपर्दछ, जसबाट उनीहरुले पूँजीवादलाई स्वीकार गर्न सकून्। मेयो मानवसम्बन्धहरुको सिद्धान्तका प्रवक्ताहरुमध्ये एक थिए। उनको मुख्य कृति हो- ‘औद्योगिक समाजका सामाजिक समस्याहरु’ (१९४५)।

मेन्देलेयेभ, द्मीत्री इभानोभिच (१८३४-१९०७) : महान रुसी रसायनशास्त्री, भौतिकवादी, स्वतःस्पूmर्त द्वन्द्ववादी; उनले प्रेतवाद र शक्तिवादको विरोध गरे, विज्ञान तथा उत्पादनको सम्बन्धको समर्थन गरे। १८६९ मा उनले आवर्त नियमको खोज गरे र त्यसको आधारमा रासायनिक तत्वहरुको आवर्त प्रणालीको निर्माण गरे। मेन्देलेयेभको नियमको वर्तमान निरुपण यसप्रकार छ ः तत्वहरुका गुणहरु आवर्ती रुपमा क्रमसूचक संख्या, अर्थात् परमाणुको नाभिकको आवेशमा निर्भर हुन्छन्। मेन्देलेयेभको नियमले रासायनिक तत्वहरुका सम्बन्धहरुलाई मात्र होइन, बरु तिनीहरुका वास्तविक रुपान्तरणहरुलाई पनि व्यक्त गर्दछ र यो अजैविक पदार्थको विकासलाई शासित गर्ने नियम हो। वास्तवमा मेन्देलेयेभले द्वन्द्ववादका आधारभूत नियमहरुलाई रासायनिक परमाणुवादमा लागू गरे। आफ्नो नियमको आधारमा उनले तबसम्म अज्ञात तीन रासायनिक तत्वहरुको अस्तित्वको सम्बन्धमा पूर्वानुमान प्रस्तुत गरे। ती तत्वहरु १८७६-८६ मा पत्ता लागेका थिए। एंगेल्सले लेखेका छन् ः ‘मेन्देलेयेभले परिमाणको गुणमा रुपान्तरणको हेगेलको नियमलाई असचेत ढंगले व्यावहारिक रुप दिएर एउटा वैज्ञानिक चमत्कार गरे।’ मेन्देलेयेभको मुख्य कृति हो- ‘रसायनशास्त्रका आधारशीलाहरु’ (१८६९-७१)।

मेर्टन, रोबर्ट किंग (१९१०) : अमेरिकी समाजशास्त्री। आफ्ना रचनाहरु (तिनीहरुमा मुख्य हो- ‘सामाजिक सिद्धान्त र सामाजिक संरचना’, १९४९) मा मेर्टनले प्रकार्यवादका आधारभूत प्रस्थापनाहरुलाई व्यवस्थित रुप दिने प्रयत्न गरेका छन्। उनी प्रकार्य (मानिसहरुको आचरण र सामाजिक समष्टिको लागि त्यसका अनुकूल वस्तुगत परिणामहरु) तथा दुष्प्रकार्य (सामान्य रुपमा स्वीकार्य प्रतिमानहरु, आचरणका मानकहरुबाट विचलन, कुनै प्रणालीको एकता र समग्रतालाई भंग गर्ने टकराव, आदि) को बीचमा अन्तर गर्दछन्। मेर्टनका अनुसार समाजशास्त्रीय विश्लेषणको महत्वपूर्ण कार्यभार मानिसहरुको क्रियाकलापका उद्देश्यहीन परिणामहरुलाई प्रकट गर्नु हो। विचलनमूलक आचरणको उपेक्षा अथवा त्यसको केवल वांछानीय वस्तुको रुपमा मूल्यांकन गर्नुको परिणामस्वरुप, मेर्टनका अनुसार, समाजशास्त्रीहरु सामाजिक जीवनमा परिवर्तनको उपेक्षा गर्न पुग्दछन्। अन्य बुर्जुवा समाजशास्त्रीहरुले जस्तै मेर्टनले पनि विचलनहरुलाई मुख्यतया नैतिक-मनोवैज्ञानिक परिघटनाहरुको क्रम मान्दछन् र तिनीहरुलाई सामाजिक-आर्थिक सम्बन्धहरुबाट अलग गर्दछन्। मेर्टन ठोस समाजशास्त्रीय समस्याहरुको विस्तारको लागि प्रसिद्ध छन्।

मेर्लो-पोंती, मोरिस (१९०८-६१) : फ्रान्सेली दार्शनिक, अस्तित्ववादी तथा सवृंत्तिशास्त्री। मेर्लो-पोंतीले दर्शनमा एउटा तेस्रो रेखा खिच्ने प्रयास गरे। वास्तवमा प्रत्यक्ष बोधको सीधा आधारसामग्री वास्तविक यथार्थ हो भन्ने उनका दावी आत्मगत आदर्शवाद हो। यति मात्र होइन, मेर्लो-पोंती सारसंग्रहवादी थिए, किनभने उनले अस्तित्ववाद र माक्र्सवादलाई संश्लेषित गर्ने प्रयत्न गरे। उनका मुख्य कृति हुन्- ‘आचरणको संरचना’ (१९४२), ‘प्रत्यक्ष बोधको संवृत्तिशास्त्र’ (१९४५), ‘द्वन्द्ववादको स्वअनुभव’ (१९४५)।

मेलिये, जिन (१६६४-१७२९) : भौतिकवादी दार्शनिक, फ्रान्सेली काल्पनिक समाजवादमा एउटा क्रान्तिकारी धाराका संस्थापक। उनको ‘इच्छापत्र’ शीर्षक मुख्य कृति आफ्नो समयमा समाज र त्यसको नियतिको विषयमा शिक्षाको पहिलो उदाहरण थियो। उनले धर्म र चर्चको भण्डाफोर गरे, जसले उनलाई सुसंगत भौतिकवादी तथा निरीश्वरवादी निष्कर्षहरुमा पुर्‍यायो। उनले सामाजिक अन्यायको आलोचना गरे र साथसाथै सामूहिक स्वामित्वका आधारमा समाजको निर्माण गर्ने आव्हान गरे। मोलियेका अनुसार आफ्ना उत्पीडकहरुको विरुद्ध एकताबद्ध श्रमजीवीहरुको विद्रोह जनताको आफ्नो विषय हो र यस्तो नयाँ समाजमा संक्रमणको पूर्वाधार हो, जसमा न धनीहरु हुनेछन् र न गरीबहरु, न उत्पीडकहरु हुनेछन् र न उत्पीडितहरु, न निकम्माहरु हुनेछन् र न अत्यधिक श्रमको कारण शिथिल मानिसहरु। यद्यपि ‘इच्छापत्र’ कृति १८६४ मा मात्र प्रकाशित भयो, तर १८औं शताब्दीको फ्रान्समा त्यसको पाण्डुलिपिका प्रतिहरु पाठकहरुमा व्यापक रुपले प्रसारित भएका थिए। १८औं शताब्दीको पूर्वार्धका तटस्थेश्वरवादीहरु र भोल्टेयरदेखि भौतिकवादी ज्ञानप्रसारकहरु तथा बाब्यूफवादी मारेशालसम्म फ्रान्सेली सामाजिक चिन्तनका भिन्न-भिन्न प्रतिनिधिहरु मेलिएका पाठक तथा उनका विचारहरुको प्रचारक थिए।

मेहरिंग, फ्रांज (१८४६-१९१९) : जर्मनीमा मजदूरवर्गीय आन्दोलन, जर्मन सामाजिक-जनवादी पार्टीको वामपक्षका नेता तथा जर्मन कम्युनिष्ट पार्टीका संस्थापकहरुमध्ये एक इतिहासकार, दार्शनिक, साहित्यसमीक्षक, पत्रकार-लेखक। मेहरिंगको माक्र्सवादी दृष्टिकोणले १९औं शताब्दीको नवौं दशकको अन्तमा मूर्त रुप धारण गरेको थियो। उनले मार्क्सवादका संशोधनवादी र सुधारवादी आलोचकहरुको (बर्नस्टीन, आदिको) भत्र्सना गरे। ऐतिहासिक भौतिकवादको उनीद्वारा गरिएको फलदायक विस्तार, बुर्जुवा समाजशास्त्रको विरुद्ध (एल. ब्रेटानो, पी. बार्थ, आदि) र नवकांटवाद (नीतिपरक समाजवाद) को विरुद्ध उनको अथक संघर्षले पूँजीका विचारधाराविदहरुका प्रहारहरुबाट माक्र्सवादको रक्षा गर्नमा ठूलो भूमिका निर्वाह गरे (‘ऐतिहासिक भौतिकवाद’, १८९३; ‘कांट तथा समाजवाद’, १९००; ‘कांट, डियेट्जेन, माख तथा ऐतिहासिक भौतिकवाद’, १९१०; तथा कैयौं अन्य कृतिहरु)। उनले शोपेनहार, नीत्शे, हार्टमानका अतर्कबुद्धिवादी विचारहरुको भण्डाफोर गरे, जुन १९औं र २०औं शताब्दीको सन्धिकालमा धेरै प्रचलित थिए। मेहरिंगका ऐतिहासिक कृतिहरु (उदाहरणको लागि, ‘जर्मन सामाजिक-जनवादको इतिहास’, चार खण्डहरुमा, १८९७–९८; ‘कार्ल मार्क्स : उनको जीवनको इतिहास’, १९१८) मा यद्यपि केही गलत प्रस्थापनाहरु छन्, तर तिनीहरुको अत्यधिक वैज्ञानिक मूल्य छ। मेहरिंगले माक्र्स तथा एंगेल्सका आरम्भिक कृतिहरु प्रकाशित गरे। उनका साहित्य समीक्षा विषयक कृतिहरु (‘सौन्दर्यशास्त्रको क्षेत्रमा विचरण’, १८९८-९९; ‘शीलर’, १९०५ तथा अन्य) मा कांटवादी सौन्दर्यशास्त्र, ‘कला कलाको लागि’ सिद्धान्तको तथा प्रकृतिवादको आलोचना गरिएको छ। तर मेहरिंगले केही गम्भीर गल्तीहरु पनि गरे : उदाहरणको लागि, उनले जनताको राजनीतिक नेतृत्वदायी शक्तिको रुपमा मार्क्सवादी पार्टीको भूमिकालाई घटाएर मूल्यांकन गरे र उनले अवसरवादीहरुसँग सम्बन्धविच्छेदको महत्वलाई बुझ्न सकेनन्। रुसमा १९१७ को अक्टुवर क्रान्तिको, जसको उनले अभिनन्दन गरे, प्रभावमा आफना कैयौं गल्तीहरु हटाउन सफल भए।

मेंडेभिल, बर्नार्ड (१६७०-१७३३) : अंग्रेज दार्शनिक, नैतिकतावादी, ‘भुनभुनाउने माहूरीहरु’ (१७०५) शीर्षक पुस्तकका लेखक, जसमा उनको समयको समाजमाथि तीक्ष्ण व्यंग्य गरिएको थियो। उनी माहूरीहरुको घारको जीवनको वर्णन गर्दछन्, जसमा खराबीहरुको प्रभुत्व छ र हरेक माहूरीले केवल आफ्नो हितलाई मात्र ध्यान दिन्छ। वृहस्पतिले ती सबैलाई इमान्दार जीवहरुमा बदलिदिन्छ, जसको फलस्वरुप माहूरीहरुको घार नष्ट हुन्छ। यसप्रकार मेंडेभिलले सबभन्दा पहिले यो विचार प्रस्तुत गरेका थिए कि खराबी सामाजिक असमानताका परिस्थितिहरुका अवश्यम्भावी मात्र होइन, लाभदायी पनि हुन सक्दछ। यो शेफ्ट्सबरीको विचारधाराको विरुद्ध लक्षित थियो। पछि यो विचारको विकास हेगेलले गरे। मेंडेभिलले स्पष्ट रुपमा यो देखे कि बुर्जुवा समाजको सम्पदा मजदूरहरुको दरिद्रतामाथि आधारित छ। मेंडेभिलले आफूपछिका दार्शनिकहरु र अर्थशास्त्रीहरुमाथि धेरै प्रभाव पारे (हेल्वेटियस, एडम स्मिथ, आदि)।

मेकियाभेली, निकोलो दि बेर्नार्दो (१४६९-१५२७) : इटालियन चिन्तक, उदीयमान बुर्जुवा वर्गका विचारधारा निरुपक। मेकियाभेलीका अनुसार समाज ईश्वरको इच्छाको कारणले होइन, बरु प्राकृतिक कारणहरुले विकसित हुन्छ। इतिहासका चालकशक्तिहरु भौतिक हित र शक्ति हुन्। मेकियाभेलीले सामान्य जनता र शासक वर्गहरुका हितहरुको बीचमा टकरावलाई देखेका थिए। उनी यस्तो शक्तिशाली राज्यको निर्माणका समर्थक थिए, जुन सामन्ती पारस्परिक संहारक टकरावहरुबाट स्वतन्त्र होस् र सम्पूर्ण जनविद्रोहहरुलाई दबाउन सक्षम होस्। उनी राजनीतिक संघर्षमा महान लक्ष्यहरुको सिद्धिको लागि सम्पूर्ण साधनहरुको उपयोगलाई, नैतिकताका नियमहरुको उपेक्षालाई ग्राह्य मान्दथे र सत्ताको लागि शासकहरुको संघर्षमा निमर्मता र विश्वासघातलाई न्यायसंगत मान्दथे। मार्क्सको शब्दमा मेकियाभेलीको ऐतिहासिक योगदान यो कुरामा निहित छ कि उनी ती प्रथम मानिसहरुमध्ये एक थिए, जसले राज्यलाई मानवदृष्टिबाट हेरे र त्यसको नियमलाई धर्मशास्त्रबाट होइन, बरु तर्कबुद्धि र अनुभवबाट निगमित गरे। उनको मुख्य कृति हो- ‘प्रिन्स’ (५३२)।

मोंतेन, मिशेल दि (१५३३-९२) : पुनर्जागरणकालका फ्रान्सेली दार्शनिक। मोंतेनको दर्शनको प्रस्थानबिन्दु संशयवाद हो। उनको दावीअनुसार मानिसलाई सबै कुरामाथि शंका गर्ने अधिकार छ। उनी मध्ययुगका शास्त्रीयतावाद, क्याथोलिक धर्मका मतहरु, स्वयं ईश्वरको विषयमा ईसाई अवधारणामाथि शंका गर्दछन्। मोंतेनले आत्माको अमरत्वको विषयमा धार्मिक मतलाई अस्वीकार गरे र चेतनालाई पदार्थको विशेष गुण माने। अज्ञेयवादभन्दा भिन्न मोंतेनको संशयवादले जगतको ज्ञेयतालाई अस्वीकार गर्दैन। उनको नीतिशास्त्रको मुख्य सिद्धान्त यो हो कि मानिसले आफ्नो सुखको लागि, जसलाई धर्मले उसलाई स्वर्गलोकमा उपलब्ध गराउने बचन दिन्छ, निस्क्रियतापूर्वक प्रतीक्षा गर्नु हुँदैन, उसलाई पृथ्वीमा सुखको प्राप्तिको लागि प्रयास गर्ने अधिकार छ। उनको मुख्य कृति हो- ‘प्रयोग’ (१५८०)।

मोत्जु अथवा मो ती (४७९-३८१ ई. पू.) : प्राचीन चीनमा दर्शनको एउटा धाराका संथापक, जसका बहुसंख्यक अनुयायी थिए। उनी कन्फ्यूशसवादका विरोधी थिए र यो मान्दथे कि पूर्वनिर्धारित नियति हुँदै हुँदैन, मानिसको नियति यसमा निर्भर हुन्छ कि उसले सार्विक स्नेहका सिद्धान्तहरुलाई, जुन दिव्यलोकको इच्छामा आधारित छन्, कसरी व्यवहारमा ल्याउँदछ। उनले मानिसहरुलाई यो आव्हान गरे कि उनीहरुले एक-अर्काको साहयता गर्नुपर्दछ, उपयोगी व्यवसायमा लाग्नुपर्दछ, बलप्रयोग तथा युद्धलाई त्याग्नुपर्दछ। देशको शासन चलाउनको लागि योग्य तथा बुद्धिमान व्यक्तिहरुलाई यो कुराको विचार नगरीकन नियुक्त गर्नुपर्दछ कि समाजमा उनीहरुको स्थिति के छ। मोत्जुको रहस्यवादतिर झुकाव थियो, तर पनि उनको शिक्षामा भौतिकवादका तत्वहरु थिए। उनी यो मान्दथे कि हाम्रो ज्ञान यथार्थको हाम्रो जाँचको प्रत्यक्ष परिणाम हो। उनका अनुयायीहरुले पछि उनका तर्कबुद्धिमूलक विचारहरुको आधारमा ज्ञानको सहज भौतिकवादी सिद्धान्तको रचना गरे, जसले प्राचीन चीनको दार्शनिक चिन्तनको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो। दोस्रो शताब्दी ई. पू. देखि एउटा स्वतन्त्र विचारधारात्मक धाराको रुपमा मोत्जुको धाराको अस्तित्व समाप्त भयो।

मोर्गन, अगस्टस दे (१८०६-७१) : अंग्रेज गणितज्ञ, तर्कशास्त्री। तर्कशास्त्रको बिजगणितका निम्नलिखित मुलभूत नियमहरु आत्मिक गणितीय तर्कशास्त्रमा मोर्गनको नामबाट ज्ञात छन् : संयोजनको निषेध निषेधहरुको वियोजनको समरुप छ; वियोजनको निषेध निशेधहरुको संयोजनको समरुप छ।

मोर्गन, टमस हंट (१८६६-१९४५) : अमेरिकी जीवशास्त्री, वंशानुगतताको क्रोमोजोम सिद्धान्तका प्रणेता, जसले मेण्डलका नियमहरुको कोशिकाविज्ञानसम्बन्धी कार्यविधि उद्घाटित गरे। मोर्गनले शरीरको विकासको वंशानुगत निर्धारणसम्बन्धी मतको जग राखे। उनी आफ्ना दार्शनिक विचारहरुमा पूर्णतया भौतिकवादी थिए, उनले आदर्शवाद र हरेकप्रकारको रहस्यवादको विरुद्ध सुदृढ स्थिति अपनाए। नवप्राणवाद, समुच्चयवाद, उद्भवशील विकासक्रमका पक्षधरहरुको विरुद्ध वाद-विवादमा उनले अधिभूतवादी परिकल्पनाहरु अर्थहीन हुने विषयको विचारको विकास गरे र तिनीहरुको विरुद्धमा आफ्नो सुदृढ विज्ञानसम्मत दृष्टिकोण प्रस्तुत गरे। तर वंशानुगतताको उनको क्रोमोजोम सिद्धान्तमा केही सरलीकृत यान्त्रिकवादी विचारहरु निहित थिए। यी त्रुटिहरुलाई वंशानुविज्ञानमा पछि भएको विकासमा हटाइयो।

मोर्गन, लुइस हेनरी (१८१८-१८८१) : अमेरिकी वैज्ञानिक, मानवजातिवृत्तकार, पुरातत्वविद। उनले अमेरिकी इन्डियनहरुको जीवनयापनको अध्ययन गरे तथा आदिम सामुदायिक समाजको विकासको विषयमा तथ्यगत सामग्री प्रचुर मात्रामा संग्रह गरे। यी तथ्यहरुको सामान्यीकरण उनले आफ्नो पुस्तक ‘प्राचीन समाज’ (१८७७) मा गरे। मोर्गनले इतिहासको प्रत्येक अवधिलाई उत्पादन-प्रविधिहरुको विकाससँग सूत्रबद्ध गरेर पूववर्गीय समाजको इतिहासको कालको वर्गीकरण गर्ने प्रयत्न गरे। उनी ती प्रथम मानिसहरुमध्ये एक थिए, जसले यो सिद्ध गरे कि परिवार एउटा ऐतिहासिक परिघटना हो, जसको परिवर्तन समाजको विकाससँग हुन्छ। फ्रेडरिख एंगेल्सले लेखेका थिए कि मोर्गनले आफ्नो ढंगबाट………इतिहासको त्यो भौतिकवादी धारणाको पुनः आविष्कार गरे, जसको मार्क्सले………… पत्ता लगाइसकेका थिए। एंगेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ शीर्षक आफ्नो कृतिमा मोर्गनका खोजहरुको उपयोग गरे। तर उनले मोर्गको सामग्रीको वर्णन मात्र गरेनन्, माक्र्सवादको सिद्धान्तको आधारमा त्यसको विकास पनि गरे।

मोरिस, चाल्र्स (१९०१) : अमेरिकी दार्शनिक, जसले व्यावहारिकतावादका विचारहरुलाई तार्किक अनुभववादका केही प्रस्थापनाहरुसँग मिलाउँदछन्। व्यवहारवादमा आधारित उनका मुख्य कृतिहरुले मानिसको सामाजिक तथा जैविक अचरण-व्यवहारको विश्लेषण गर्दछन्। उनले पियर्सका विचारहरुको विकास गरे र नयाँ विज्ञानका- संकेतविज्ञानका- सिद्धान्तहरु तथा अवधारणाहरुको निरुपण गरे। उनको मुख्य कृति हो- ‘संकेतहरुको सिद्धान्तका आधारशीलाहरु’ (१९३८)।

मोरिस, विलियम (१८३४-९६) : अंग्रेज समाजवादी, कवि, ललित साहित्यका लेखक तथा चित्रकार। उनी बुर्जुवा प्रणालीलाई घृणा गर्दथे र त्यसको कठोर आलोचना गर्दथे। आरम्भमा उनी कलामा काल्पनिक विचारहरुको अनुयायी थिए, जसलाई उनी समाजको शान्तिपूर्ण रुपान्तरणको मुख्य साधन मान्दथे। उनले १९औं शताब्दीको नवौं दशकमा मजदूर तथा समाजवादी आन्दोलनमा सक्रिय भाग लिए। भावी साम्यवादी समाजको वर्णन (‘न्यूज फ्रोम नोह्वेर’ – ‘कहीं पनि नभएको संसारको समाचार’ – १८९१, एउटा काल्पनिक उपन्यास) सुन्दर काव्यमय थियो, तर विज्ञानसम्मत थिएन। आफ्नो सिर्जनशील तथा राजनीतिक क्रियाकलापमा मोरिसले क्रान्तिकारी सिद्धान्तहरुको वकालत गरे। उनले अंग्रेजी जनवादी साहित्यमा मूल्यवान योगदान गरे।

मोरेनो, ज्याकोभ (१८९२-१९७५) : अमेरिकी मनोरोगशास्त्री, समाजशास्त्री, समाजमितिका प्रणेता। मोरेनोले साना-साना सामाजिक समूहहरुका आचरणका मनोवैज्ञानिक पक्षहरुको अध्ययन गरे। यी समूहहरुमा विद्यालय उमेरसम्मका बच्चा, घरका छिमेकी, कार्यालय कर्मचारी, बिमान कर्मीहरु, आदि सामेल थिए (सूक्ष्मसमाजशास्त्र)। मानिसहरुका भावनात्मक सम्बन्धहरु (साहनुभूति तथा विद्वैषको भावना, एक-अर्कोप्रति उदासीनता) माथि ध्यान केन्द्रित गरेर मोरेनोले मानिसहरुका यी भावनाहरु र प्रवृत्तिहरुलाई सामाजिक प्रगतिको प्राथमिक, निर्णायक कारकको रुपमा प्रस्तुत गर्ने प्रयत्न गरे। मोरेनोले अमेरिकामा पूँजीवादको संकटलाई स्वीकार गर्दथे, तर यसको साथसाथै मानिसहरुको बीचमा सम्बन्धहरुको नियमन र उनीहरुका प्रवृत्तिहरु र साहनुभूतिहरुअनुसार समूहहरुमा उनीहरुको संगठनलाई सम्पूर्ण सामाजिक समस्याहरुको समाधानको आधारभूत साधन मान्दथे। अमेरिकी समाजलाई एकताबद्ध गर्नको लागि मोरेनोद्वारा प्रस्तुत गरिएका कदमहरु पूँजीवादका मुख्य आधारस्तम्भहरुलाई- निजी स्वामित्व, एकाधिकारीहरुको प्रभुत्व, श्रमजीवीहरुको शोषणलाई – स्पर्श गर्दैनन्। उनका मुख्य कृतिहरु हुन् – ‘को जीवित रहनेछ ?’ (१९३४), ‘समाजमितिका आधारशिलाहरु’ (१९५४)।

मोरेली (१८औं शताब्दी) : तर्कबुद्धिसंगत साम्यवादका सुसंगत प्रतिपादक उनको मुख्य कृति ’प्रकृतिको संहितॉ (१७५५) मा एउटा यस्तो समाजका सिद्धान्तहरुको पुष्टि गरिएको थियो, जसमा सामूहिक स्वामित्वको प्रभुत्व हुन्छ। मोरेलीका अनुसार उनको समकालीन प्रणाली गल्तीहरुको परिणाम हुनुको कारण अतर्कबुद्धिसंगत थियो। तर्कबुद्धिसंगत प्रणालीलाई मोरेलीले एउटा यस्तो केन्द्रीयकृत आर्थिक कम्युनको रुपमा हेर्दथे, जसको प्रबन्ध वस्तुहरुको उत्पादन र वितरणको नियमन गर्ने एउटै आर्थिक योजनाको आधारमा गरिन्छ। मोरेलीले समाजका यी तीन आधारभूत नियमहरुको निरुपण गरे, जसले प्रकृति तथा तर्कबुद्धिका अपेक्षाहरुको पूर्ति गर्दछन् : १) निजी स्वामित्वको उन्मूलन, २) प्रत्येक व्यक्तिको अस्तित्वको तथा श्रमको अधिकार, ३) श्रम गर्ने सम्पूर्ण नागरिकहरुको दायित्व। मोरेली सतही समतावादी साम्यवादका विशिष्ट प्रतिनिधि थिए। उनले विवाहसम्बन्धहरुसहित जीवनका सम्पूर्ण क्षेत्रहरुको तुच्छ नियमनको वकालत गरे। मोरेलीले १८औं र १९औं शताब्दीका कैयौ काल्पनिक समाजवादीहरुमाथि धेरै प्रभाव पारे। उनीहरु थिए : एफ. एन. बाब्यूफ, काबे, ब्लांकी, आदि। -रमेश सुनुवारको दर्शन विश्वकोशबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?