१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

प्रतिनिधीसभा बैठक आज ४ बजे बस्ने

काठमाडौं । संघीय संसद भवन,वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको १३ औं बैठक बस्ने भएको छ ।

४ बजे बस्ने आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

हिजोको बैठकमा नीति तथा कार्यक्रम माथी सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिने कार्यसुची रहेता पनि अचानक पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माथी नेकपा माओवादीका सांसदले गम्भिर आरोप लगाए पछि बैठक बिबादमा परेको थियो ।

नेकपा एमालेले माओवादीले माफी नमागेसम्म संसद चलाउने नदिने अडान राखे पछि हिजो भएका पटक पटकको प्रयास असफल भई बैठक नै बस्न नसके पछि अन्ततः आज ४ बजे बोलाईएको हो ।

हिजोको बैठकमा‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’सम्भावित कार्यसुचीमा उल्लेख थियो ।

आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?