सनाखतको लागि नेताहरु आयोगमा, आजै दल दर्ताको तयारी

काठमाण्डाै – माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् । अस्तिदेखि चन्द्रागिरि रिसोर्टमा बसेका नेताहरु सिधै निर्वाचन आयोग पुगेका हुन् ।

सनाखतको लागि अहिले साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय छुट्याइएको छ । यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु पनि आयोग पुग्दैछन् । सनाखतपछि दल दर्ता प्रक्रिया आजै टुंगो लगाउने निर्वाचन आयोगको तयारी गरेको छ । प्रमाण पुगेमा आजै दल दर्ताको प्रमाण पत्र दिने आयोगले जनाएको छ ।

नियमअनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ । नयाँ दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत आवश्यक पर्छ । माधव नेपालले ५७ केन्द्रीय सदस्य र महन्थ ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?