सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ, असोज ८ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले यही असोज ९ देखि ११ गतेसम्म देशभरका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।

सभाको आजको बैठकमा अध्यक्ष दाहालले अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाले आधिकारिक र अद्यावधिक सूचनाको जानकारी लिन, अत्यावश्यक बाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपिल गर्नुभएको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार उत्तर अन्दमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई अति भारी वर्षाको सम्भावना देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

spot_img

छुटाउनुभयो कि ?