कसैले माग्दैमा राजीनामा दिन्नँ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसँग गरेको विद्रोहको औचित्य साबित गर्न नसके स्वतः गलत हुने बताएका छन् । शनिवार पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधवकुमार नेपालले ‘पार्टी छाडेर जान’ भनेपछि उनले भने ‘हामीले विद्रोह गरेको कुरा गलत हो भन्ने मेरो धारणा छैन, तर औचित्य साबित गर्न सकेनौँ भने त्यो स्वतः गलत सिद्ध हुन्छ ।’

‘विद्रोह गरेर बनाएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपले सुदृढ गर्नुपर्नेछ । यसलाई त रूपान्तरित गर्नुपर्ने छ । यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिन’, खनालले भने, ‘मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’

उनले वैचारिक, राजनीतिक र सैद्धान्तिक आधारमा बहस चलाएर आन्दोलनलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिए । खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे पनि बोले ।

उनले संविधानले भण्डारीलाई पार्टी राजनीतिमा फर्कन नरोकेको उल्लेख गर्दै वामपन्थी दलहरूबिच एकता र साझा मोर्चा निर्माणको अवस्थामा भण्डारीको कदमलाई समर्थन गर्ने बताए । उनले नेकपा एमालेलाई लचिलो र वामपन्थी एकताको आधारमा अगाडि बढाउने प्रतिबद्धतासहित भण्डारी आएमा त्यो राम्रो हुने र आफू समर्थन गर्ने बताए ।

अध्यक्ष नेपालसँगको अन्तरसंघर्षका बीच खनालले वामपन्थी दलहरू मिलेर आगामी चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने र एमालेलाई साझा आधारमा एकताबद्ध बनाउनुपर्ने धारणा राखे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?