२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु कार्यालय तोडफोड

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालय तोडफोड भएको छ । शनिवार कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट निर्वाचित स्ववियु सदस्यहरुले नै सभापति ओझाको कार्यालय तोडफोड गरेका हुन् ।

कार्यालय तोडफोडपछि उनीहरुले सभापति ओझाको राजीनामा समेत मागेका छन् । उनीहरुले ओझामाथि सभापति निर्वचित भए देखिनै कर्मचारी, प्राध्यापकहरुको सरुवा बढुवामा पैसा खाएर भागबन्डा मागेको, विश्वविद्यालयभित्र हुने निर्माणका कामहरु रोकेर निर्माण व्यवसायीसँग पैसा उठाएको, स्ववियुले गरेको आन्दोलनलाई सिमित प्राध्यापक र कर्मचारीको प्रभावमा परेर आन्दोलन नै समाप्त पारेको, प्रिन्सिपल र लेखासँगको मिलेमतोमा विश्वविद्यालयभित्रको माटो बेची खाएको आरोप लगाएका छन् ।

यता सभापति ओझाले कार्यालयका केही कुर्सीहरु ढालिए पनि तोडफोडै चाहिँ नभएको जिकिर गरे । उनले सो कार्य विभिन्न समूहले गरेको कुरा आए पनि कसले गरेको हो भन्ने यकिन नभएको बताए । उनले आफूमाथि विभिन्न आरोप लगाए पनि कुनै पनि समूहले आफूसँग छलफल नगरेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?