युवा विदेश पलायन राेक्न नेकपाले उत्पादनकाे नीति लिएकाे छ : विप्लव

कैलाली: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले युवाहरुलाई विदेश पलायन हुनबाट राेक्न नेकपाले उत्पादनकाे नीति लिएकाे बताएका छन् ।

सुर्खेतबाट आज बर्दिया पुगेका महासचिव विप्लवले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले युवाहरू विदेशिने ट्रेन बढेकाे भन्दै यसलाई राेक्न नेकपाले विभिन्न कार्यहरु तथा वैज्ञानिक क्रियाकलापहरु गर्दै आएको भन्दै यसलाई जनस्तरसम्म विकास गर्नुपर्ने
बताए ।

बर्दिया जिल्लामा धान भित्र्याउने तथा जनभेटघाट कार्यक्रममा सहभागि हुन विप्लव बर्दिया पुगेका हुन् ।

साेमबार विप्लव जिल्लाकाे राजापुर नगरपालिका वडा नम्बर ३ मा १ बिगाहामा क्षेत्रफलमा लगाएको तरकारीकाे अवलोकन गर्दै १२ बिगाहामा लगाएको धान भित्र्याउने कार्यक्रममा सहभागी भएका छन् ।

महासचिव विप्लव नेपाल कम्युनिस्ट पार्टीले उत्पादन गरेको धान काटी तरकारी लगाएर स्थानीय बासिन्दा तथा नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् ।

नेकपा पोलिट व्युराे सदस्य आधार सी, नेकपाका केन्द्रिय उत्पादन विभाग तथा केन्द्रिय सदस्य असल सी, नेकपा बर्दिया जिल्ला इन्चार्ज बर्दिया र दुबै जिल्ला सेक्रेटरी लगायत सम्पूर्ण नेता तथा कार्यक्रता जनताको उपस्थितिमा तरकारी तथा धान काटेर बर्दियामा धान काट्ने कामको सुरुवात गरेका छन् ।

नेकपाका पाेलिट ब्युरो सदस्य आधार सीले अहिले पछिल्लो चरणमा युवाहरुले नेपालमा केहि रोजगारीको अवसर नपाएर विदेशिदै गर्दा नेपाल कम्युनिस्ट पार्टीले नेपालमा उत्पादन गरेर नेपालमै रोजगारीको सृजना गरेर नेपालमै रोक्ने लक्ष्य लिएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?