१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

एमसीसी कार्यान्वयनको चरणमा गएपछि के होला समाजवादी मोर्चाको भविष्य ?

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम सी विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ । सो क्रममा विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म एमसीसी कार्यान्वयन नगर्न आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने बताएको नेकपाका नेता अनिल शर्माले जानकारी दिए । नेता शर्माका अनुसार विप्लवले एमसीसी यथास्थितीमा कार्यान्वयनमा गए माओवादी केन्द्र र समाजवादी मोर्चासँगकाे सहकार्य ताेड्ने चेतावनी समेत दिएका छन् ।

विप्लवले एमसीसी कुनै पनि हालतमा कार्यान्वयनमा जान नदिने बताउँदै आएका छन् । एमसीसी परियोजना बुधबारदेखि कार्यान्वयन चरणमा प्रवेश गर्दैछ। आज धनगढीमा हुने भनेर तय समाजवादी मोर्चाको सुदुरपश्चिम प्रदेशको सन्देश सभा अचानक स्थगित भएको छ । प्रचण्ड एमसीसी कार्यान्वयनको पक्षमा देखिएकाले सुदुरपश्चिमको प्रदेश सभा रोकिएको नेकपा स्रोतले बताएको छ ।

अब आम जनमानसमा एउटै प्रश्न उठेको छ के विप्लवले छोडलान र समाजवादी मोर्चा ? यो त समय परिस्थितिले सिद्ध गर्ने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?