१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

भ्रष्टाचार काण्डमा दोषी बचाउने काम भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको बताएका छन् ।

उनले पछिल्लो समय ललिता निवास जग्गा हिनामिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणमा सरकार निर्मम भएर लागेको र दोषी देखिएका कसैलाई बचाउने काम नभएको बताएका हुन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसद असिम शाहले गरेको प्रश्नको जवाफ दिँदै उनले कुनै भ्रष्टाचार र अनियमिततामाथिको छानबिनका क्रममा दोषीलाई उन्मुक्ति दिने काम नभएको बताए ।

प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरा ल्याउनुपर्ने आफूले प्रहरीलाई बताएको उनले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा लगायतका प्रकरणमाथि भइरहेको छानबिन र कारबाही प्रक्रियाले जनतामा उत्साह बढाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?