कपिलवस्तुमा श्रम गर्दै नेकपा केन्द्रीय नेताहरु !

कपिलवस्तु , जेठ १३ : जनपक्षीय पत्रकारिता आन्दोलनका एकजना प्रखर व्यक्तित्व , साहित्यकार, कवि तथा श्रस्टा कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस श्रम गर्दै मनाइएको छ।नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य केन्द्रको घेरा पर्खाल निर्माण गर्दै इच्छुक स्मृति दिवस मनाइएको हो।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु बिषम सी, अनिल सी, शिलु सी, भरत सी, शुसिल सी लगाएत केन्द्रिय समितिका सदस्यहरुको सहभागिता रहेको श्रमकार्यको क्रमामा २ सय ४०ओटा पोलहरु गाडिएको थियो।

नेपाल कम्युनिस्ट पार्टीको एकताको बिशेष बैठक सम्पन्न भएपछि गरिएको श्रमकार्य र इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै महासचिव विप्लवले वलिदान,इतिहास ,कार्यभार , सिर्जना र निर्माण सङ्ग सङ्गै गर्न लागेको भन्दै निर्माणाधीन स्वास्थ्य केन्द्र पत्रकार सेनकै बलिदानको प्रतिक भएको बताए।

जनयुद्धको क्रममा तत्कालीन सरकारले जनादेश साप्ताहिकका सम्पादक सेनलाई गिरफ्तार गरि वेपत्ता पारेको थियो भने उनको स्मृतिमा देशैभर विभिन्न रचनात्मक क्रियाकलाप गरि स्मृति दिवस मनाउने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?