लाेमनकुमार सुनार
बझाङ , ०७ जेठ : बझाङदीप क्याम्पस् र जयपृथ्वी अस्पताल बीच आईतबार सम्झौता भएको छ । आईतबार बझाङ दीप क्याम्पसमा अध्यनरत विद्यार्थी लगाएत बझाङका सम्पुर्ण विद्यार्थीलाई अस्पतालले उपचारमा २० % र औषधीमा ७% छुट दिने गरी सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।
अस्पतालका म्यानेजिङ डाईरेक्टर अशोक मल्ल र क्याम्पसका स्ववियु सभापति कमल थापाले आईतबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो सहमति गरेका हुन् ।
क्याम्पसका स्ववियु सभापति कमल सी को पहलमा सो सम्झौता भएको हो । विद्यार्थी संग सभापति अभियान अन्तर्गत विद्यार्थीको हित हुने गरी अस्पताल संग उक्त सहमति गरिएको सभापति थापाले बताएका छन । उनले भने, “हामीले स्ववियुमा निर्वाचित विद्यार्थी मैत्री कामहरु गर्दै छौं ।”
सभापति थापाले यस अघि पनि बझाङदिप क्याम्पसले परीक्षाका नाममा लिँदै आएको शुल्क खारेज गर्न पहलकदमी लिएका थिए । उनी स्ववियु निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट निर्वाचित भएका थिए ।
क्याम्पस र अस्पताल बीचको सम्झौता :















