खेलकुद क्षेत्रको भ्रष्टाचार रोक्न युवा सङ्गठन नेपालको माग

काठमाडौ : खेलकुद क्षेत्रमा हुने कामहरुमा भ्रष्टाचार हुने गरेको भन्दै युवा संगठन नेपालले भ्रष्टाचार तथा मनोमानी रोक्न माग गरेको छ।बिहिवार युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठलाई ८बुदे ज्ञापनपत्र पेश गर्दै संगठनले भ्रष्टाचार रोकिनुपर्ने माग गरेको हो।

युवा संगठन नेपाल केन्द्रिय समितिको तर्फबाट अध्यक्ष दिनेशद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा खेलाडीहरुलाई प्रोत्साहित गर्न अवसर दिनुपर्ने, रास्ट्रीय खेलाडीलाई आवासको व्यवस्था गरिनुपर्ने,कर्णाली लगायत देशका दुर्गमका जिल्लाहरुमा तत्काल खेलकुद पुर्वाधार निर्माण गरिनुपर्ने र दशरथ रंगशालालाई मर्मत गरिनुपर्ने माग गरिएको छ।

त्यस्तै ज्ञापनपत्रमा खेलकुद क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोकिनुपर्ने, `खेलाडीसङ्ग खेलकुद मन्त्री´कार्यक्रम सञ्चालन गरिनुपर्ने र प्रशिक्षकलाई आवास र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने समेत माग गरिएको छ।

अध्यक्ष दिनेश सी,महासचिव विश्लेषण सी सहितको युवा संगठन नेपालद्वारा पेश गरिएको मागपत्र ग्रहण गर्दै युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले मागहरू जायज भएको र उल्लेखित मागहरूलाई पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै आगामी दिनमा सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?