काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको हो । उहाँले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिनुभएको हो ।
केन्द्रको सत्तासमीकरण फेरिएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि हिजो राजीनामा दिनुभएको थियो ।















