२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

संसदीय विशेष समितिले पाँच सहकारी संस्थाका सञ्चालकसँग बयान लिने

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आइतबार एकैपटक पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ।

केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागेको समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए। समितिको बैठक बिहान ११ बजेदेखि नै बस्नेछ ।

समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भने ७ गते गतेमात्रै बयान लिने तयारी गरिएको छ ।

समितिले विभिन्न प्रमाणका आधारमा प्रतिवेदन लेखन शुरु गरिसकेको समिति सदस्य दाहालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?