वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पर्सास्थित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । आज (सोमबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाकी छोरीलाई आफ्नी छोरी रुबीना श्रेष्ठ बनाई नागरिकताको प्रमाणपत्र दिलाएको भन्ने आरोप छ ।

उनीसँगै वीरगंज महानगरपालिका, वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडासदस्य (कावा वडाध्यक्ष) तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृह मन्त्रालयका (छानबिन समितिका संयोजक र सदस्य) तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल, सिन्धुपाल्चोक इन्द्रावती–१० की रिता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

निर्जीव कि सजीव ?!

spot_img

छुटाउनुभयो कि ?