महानगर द्वारा कलंकीमा रहेको वर्गर हाउस लाई २ लाख रुपैयाँ जरिबाना:यस्तो छ कारण !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारबाही गरिएको हो ।

महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ । निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपाने भन्छन्, ‘चमेना गृहबाट विक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो । यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारवाही गरिएको हो ।’

असार २६ गते साँझ सवा ६ बजेको अनलाइन अर्डरमा वर्गर हाउसले उपभोक्तालाई पठाएको मःम को अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले यो विषय वर्गर हाउसलाई जानकारी गराए ।

महानगरपालिकाका खाद्य प्राविधिक अनिल बस्नेत घटनाका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘गुनासो आएपछि वर्गर हाउसले फेरि अचार पठायो । यसपटक पठाएको अचारमा पनि गन्ध पाइएपछि उपभोक्ताबाट महानगर प्रहरी बलमा उजुरी आयो । यसरी आएको गुनासोको छानविन गर्दा खानेकुरामा स्वच्छता नभएको पुष्टि भएपछि कारवाही गरिएको हो ।’

उजुरीको छानविनका लागि कार्यालयमा बोलाइएका वर्गर हाउसका सञ्चालक विक्रम गिरीले मःम को अचारमा गन्ध आएको स्वीकार गर्दै भने, ‘तयार पार्ने वित्तिकै फ्रिजमा राख्नु पर्ने अचार भुलवश बाहिर रहन गएकोले गन्ध आएको हो । यसमा कर्मचारीको लापरबाही भएको हो । खानाको स्वच्छतामा लापर्वाही गर्ने कर्मचारीलाई हामीले पनि कारबाही गरिसकेका छौँ ।’ उनले यसपछि गुणस्तरमा कुनै गुनासो नआउने गरी सेवा दिने प्रतिवद्धता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?