खाने नुनको मूल्य ४ रुपैयाँले वृद्धि

काठमांडौ । साल्ट ट्रेडिङको सञ्चालक समितिको आज (मंगलबार) को निर्णयअनुसार नुनको मूल्यवृद्धि गरिएको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिएका छन् ।

मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनमा प्रतिकेजी ४ रुपैयाँ बढाइएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी उपभोक्ताले न्यु शक्ति नुन प्रतिकिलो २० रुपैयाँमा किन्नुपर्नेछ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ ।

साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत राजभण्डारीले नुनको मूल्य समायोजन भन्दै प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?