आचार्य दमाई सम्मानित

कञ्चनपुर, चैत्र ८ : कञ्चनपुरको एक स्थानीय सरकारले दलित समुदायबाट पहिलो आचार्य विद्या अध्ययन गरेका आचार्यलाई सम्मान गरेको छ । बेदकोट नगरपालिकाले भीमदत्त नगरपालिका ३तिलकपुरका स्थानीय समेत रहेका आचार्य कृष्ण बहादुर दमाईलाई सम्मान गरेको हो ।

बिहीबार मार्च ८ तारेखका दिन ५९ औँ अन्र्तराष्ट्रिय जातिय उन्मुलन दिवसको अवसरमा नगरपालिकाले सम्मान गरेको जनाएको छ । बेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपालीले दलित समुदायबाट नेपालमै पहिलो आचार्य विद्या उर्तिण गरेका कृष्ण बहादुर दमाईलाई सम्मान गरिएको बताए ।

आचार्य दमाईलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सविधान सभा सदस्य एव सुप प्रदेशका सदस्य बहादुर सिह थापा, बेदकोट नगरका मेयर भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी सहितले प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

आचार्य दमाई कञ्चनपुरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार समेत हुन । उनी अहिले ज्योतिषशास्त्र, कर्मकाण्ड अध्ययन गरिहेका छन । कञ्चनपुरका दलित समुदायका अगुवाहरुले राज्यका विभिन्न धार्मिक कामकाजमा समेत सहभागि गराउन अपिल गरेका छन । दलित समुदायका अगुवा राजुराम सार्की(भुल)ले एकेडेमीक रुपमा धार्मिक विद्या अध्ययन गरेका जुनसुकै व्यक्तिको सम्मानमा जोडदिए । बेदकोट नगरपालिकाबाट सम्मानित भएका आचार्य कृष्ण बहादुर दमाईले सम्मानबाट थप उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?