१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

नेपाल पत्रकार महासंघको पुनर्संरचना हुनुपर्छ : शेरबहादुर विश्वकर्मा

काठमाडौँ। जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा ले ” नेपाल पत्रकार महासंघको पुनर्संरचना हुनुपर्ने बेला आएको बताएका छन् । संगठनले आइतबार काठमाडौँको हात्तीसारमा आयोजना गरेको ‘नेपालमा आमसञ्चार क्षेत्र, समस्या र अबको गन्तव्य’ विषयक अन्तर्कृयामा बोल्दै अध्यक्ष विश्वकर्माले उक्त धारणा राखेका हुन् ।

नेपाल पत्रकार महासंघले आफ्नो स्थापनाकालदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सकारात्मक योगदान गर्दै आएको भएपनि वर्तमानमा महासंघको संरचना र कार्यशैली कर्मकाण्डी र परम्परावादी मात्रै भएको भन्दै आगामी २७ औं महाधिवेशनको प्रमुख मुद्दा नै महासंघको व्यापक पुनर्संरचना हुनुपर्ने बताए ।
“महासंघले विगतमा निकै राम्रा काम र योगदान गरेको छ यसलाई हामीले स्मरण गर्नैपर्छ, तर अहिले यो राजनीतिक दलहरूको प्रतिछाया जस्तो भयो, श्रमजीवी पत्रकारहरूको पेशागत हकहितको आन्दोलन र नीति निर्माणमा केन्द्रित हुने भन्दापनि राजनीतिक भागबण्डा र दलिय सिण्डीकेट जस्तो देखियो”- उनले भने-“महासंघले हाम्रा पेशागत मुद्दाहरू सशक्त ढङ्गले उठाउनु पर्छ, खाली सदस्यता बितरण र चुनावी वर्चश्वको मनोविज्ञानबाट मात्रै यसले आफ्नो संस्थागत लिगेसी र विश्वसनियता जोगाउन सक्दैन, यसको संरचनागत पक्ष नै बुढो भयो, त्यसकारण महासंघको पुनर्संरचना अबको प्रमुख मुद्दा हुनुपर्छ ।”

सम्बोधनको क्रममा उनले महासंघका विभागिय समितिहरुमा विभिन्न आस्था र विचार भएका संघ/ संगठनहरु आउन सक्ने संरचना चाहिन्छ, यसरी मात्रै नियन्त्रण र सन्तुलन कायम हुन्छ चुनाव जित्नेहरुले नै सबै कब्जा गर्ने परिपाटीको अन्त्य हुनुपर्ने र सबै संघ/ संगठनले महासंघ हामी सबैको साझा संस्था हो भनेर अनुभूति गर्न पाउनु पर्ने कुरामा समेत जोड दिए।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचना तथा सञ्चारको हक स्थापित गराउन महासंघले खेलेको भुमिका सह्रानिय रहेको भएपनि आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयक पारित गराउन तथा नेपाली सञ्चार माध्यमको आगामी गन्तव्यको रूपमा नेपाली विशेषताको समाजवाद बनाउने उदेश्यले व्यापक बहस सिर्जना गर्न समेत नेपाल पत्रकार महासंघले अगुवाइ गर्नुपर्ने बेला आएको अध्यक्ष विश्वकर्माको भनाइ थियो।

अन्तर्कृया कार्यक्रममा प्रेस युनियन नेपाल उपमहासचिव दिलिपा श्री अधिकारी, समाजवादी प्रेस नेपालका अध्यक्ष बिश्वमणी सुवेदी,प्रेस नेपालका महासचिव बिनोद ढुङ्गेल, प्रगतिशील पत्रकार संघ नेपालका महासचिव प्रकाश थापा, कान्तिकारी पत्रकार संगठनका सह संयोजक नारायण पङ्गेनी लगातका वक्ताहरुले जनपत्रकार संगठन नेपालले उठाएका मुद्दाहरू जायज रहेकोले यसप्रति ऐक्यबद्धता रहेको भन्दै साझा मुद्दामा सहकार्य गरेर जानुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?