बाख्राले कोदो खाएको निहुँमा धादिङमा एक वृद्धाको हत्या

धादिङ । बाख्राले कोदो खाएको निहुँमा एक वृद्धाको हत्या भएको छ । धादिङकाे नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या भएको हो ।

सोही आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मंगल गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट हत्या भएको खुलेपछि प्रहरीले मंगल गुरुङको खोजी सुरु गरेकोमा उनलाई आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ।

प्रहरीका अनुसार मृतक सुकमायाको गाईबाख्राले पटक पटक मंगलको अन्नबाली खाएको र घटना भएको दिन पनि सुकमायाको गाईबाख्राले मंगलको कोदो खाइदिएको थि । सोही विषयमा विवाद हुँदा आफूले सुकमायालाई खुर्पा प्रहार गरेको मंगलले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?