नेपालका अग्रिम शैंजुले उचाले जुनियर चेस उपाधि

सन्दिप घिमिरे

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा शनिवार देखि तिन दिन सम्म चलेको नेपाल भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगितामा नेपालका अग्रिम शैंजुले भारतका एसे एबर भुटिया माथि जित दर्ता गर्दै उपाधि जित्न सफल भएका छन्।

यु ११ उमेर समूहको चौथो चरणमा पेभेलियन चेस एकेडेमीका अग्रिम शैंजुले सिक्किम चेस एशोशियसन, भारतका चेस खेलाडी एसे एबर भुटियालाई पराजित गर्न सक्नु नै उपाधि जितको कारण बनेको थियो।

यसै समूहमा पाँचौ चरणको खेल विजेता संग गुमाउदा आयोजक पुष्पसदन स्कूलका हार्दिक पन्त ६ अंकका साथ दोश्रो स्थान लिन पुगे। भारतका एसे एबर भुटिया टाइब्रेकरमा तेश्रो हुँदै प्रतियोगिताको अन्त्य गरेका छन्।

यसैगरी गोल्डेन पिक हाई स्कूलका आयुष शर्मा र लेबोरोटोरि स्कूलका अंकुर पोखरेल समान ५.५ अंक जोडे चौथो र पाँचौ स्थानमा प्राप्त गरेका छन्।

क्रमशः माछापुच्छ्रे आई वोर्डिङ स्कूलका साहस श्रेष्ठ, अन्नपूर्ण स्कूलका अबिरल तामाङ, पुष्पसदनका सुभम् बास्कोटा, सिक्किम चेसका यधन्त अग्रवाल, स्वस्तिश्री गुरुकलका एआईएम आर्नभ अर्याल समान ५ अंक जोडेर दशौं स्थान सम्म उभिन सफल बनेका छन्।

यसैगरी यु १३ छात्र तर्फको प्रतिस्पर्धामा ६.५ अंकका साथ सिक्किम चेस एशोशियसनका निरभ ढकालले पहिलो स्थान हात पारेका छन्। पाठशाला सेकेण्डरि स्कूलका ओस्कार पन्थि ६ अंक बनाएर द्वितीय स्थानमा रहे भने समान ६ अंक जोडे त्रियोग हाई स्कूलका आभाष रिमाल तृतीय स्थानमा रहन सफल भए।

यसै समूहमा अन्नपूर्ण स्कूलका युनिष खड्का ५.५ अंक बनाई चौथो भए। ज्ञानोदय बालबाटिकाका प्रविर केसि, हिमालयन चेस एकेडेमीका सात्विक मान तुलाधर, त्रियोगका सम्पन्न बज्राचार्य, श्रीजनकल्याण सेकेण्डरिका सोहन श्रेष्ठ, माउण्ट भ्यू स्कूलका सत्यम पाठक र हिमालयन वोर्डिङ स्कूलका गौरव पौडेल समान ५ अंक बनाउदै दशौं सम्म रहे।

यता यु १५ समूहमा भारतका अभनिश प्रधानले उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि उचालेका छन्। सिक्किम चेस एशोसियशन, भारतवाट प्रतियोगितामा सहभागी भएका विजेता अभनिश प्रधानले सात चरणको खेल खेलि अपराजित ७ अंक जोडेर च्याम्पियन भएका छन्।

पुष्पसदन वोर्डिङ सेकेण्डरि स्कूलले आयोजना गरेको विद्यालय स्तरिय प्रतियोगिता यसै समूहमा आयोजक स्कूलका सुप्रभ सागर श्रेष्ठ ५.५ अंक बनाउदै दोश्रो स्थान हात पारेका छन्। समान ५.५ अंक प्रोग्रेसिभ टाइब्रेकर प्वाइन्ट आधारमा मातृभूमि स्कूलका सविद प्रजापति तृतीय हुन पुगे।

यस्तै त्रियोग हाई स्कूलका सइस धिमिरे, संस्कृति अन्तर्राष्ट्रिय स्कूलका स्पर्श सरावगि, अन्नपूर्ण सेकेण्डरिका आयुष बोहरा, पेभेलियन चेस एकेडेमीका कसिभ कार्की, हिल टाउन सेकेण्डरि स्कूलका रसिल महर्जन र हिमालयन चेस एकेडेमीका रिचेन डोमजोन समान ५ अंक प्राप्त गर्दै क्रमशः चौथो देखि नवौं स्थान ओगट्न सफल रहे। त्रियोग हाई स्कूलका सक्रित कुइकेल ४.५ अंक जोडेर दशौं भए।

यसैबीच सम्पन्न समापन समारोहमा किर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले विजेता विद्यार्थी खेलाडीहरुलाई आकर्षक ट्रफि, मेडल , प्रमाणपत्र हस्तान्तरण गरेका छन्। मेयर कृष्णमान डंगोलले पुष्पसदन स्कूलको सानो प्रयासमा नै २४७ जना खेलाडी सहभागी रहेको अवगत गराउदै अर्को संस्करण अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?