श्री एयरलाइन्सकी एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

धनगढी । मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्गब्यबहार गर्ने युवक पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो ।

मंगलबार त्रिभुवन विमानस्थलबाट ४: ५० बजे धनगढीका लागि उडेको जहाज उडेलगत्तै ओझाले दुईजना एयरहोस्टेजमध्ये एकलाई जिस्काएका थिए । सो घटना पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?