अमेरिकी डलर फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो।

आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।

दुई दिनअघि १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा भएर उच्च रेकर्ड बनाएको अमेरिकी डलर हिजो केही घटेको थियो। आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?