नेकपाद्वारा चितवनको माडीमा १६ बिघामा धान रोपाइँ सम्पन्न

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले चितवनको माडीमा १६ बिघा जमिनमा धान रोपाइँ सम्पन्न गरेको छ।नेकपा उत्पादन बिभाग अन्तर्गत माडी शाखाले आजबाट रोपाइको काम सम्पन्न गरेको नेकपा नेता सन्देश सीले जानकारी दिएका छन।

आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र जनता तथा श्रम, संघर्ष र रुपान्तरणको प्रमुख लक्षसहित देशव्यापी उत्पादन गरिरहेको नेकपाले चितवनको माडीमा ५ थरीका धान रोपेको जानकारी दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सन्देश सीले माडी शाखाको नेतृत्व गरिरहेका छन् ।उनले यसअघि उक्त शाखामा तोरी खेती, तरकारी खेती, माछा पालन,बाख्रा पालन, मह उत्पादन, मकै खेती लगायतका उत्पादन गर्दै आएका छन।

नेकपा नेता सन्देशले सामाजिक सञ्जाल फेसबुक मार्फत माडी शाखाद्वारा सञ्चालित उत्पादन कार्यमा सहयोग गर्ने पार्टीका विभिन्न समितिहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।नेता सन्देश सीले भनेका छन- “राेपाईमा सहयोग गर्ने पार्टी केन्द्रिय कार्यालय , चितवन , काठमाडौ , ललितपुर , भक्तपुर , मकवानपुर , धादिङका पार्टी समितिहरू महिला संगठन , सांस्कृतिक महासंघ , युवा , विद्यार्थी , मजदुर , शिक्षाक,समाजवादी मञ्चका कमरेडहरू साथै माडीका श्रमिक , कृषि विज्ञ , छिमेकी ,वुद्दिजिवी ,सघसंस्था सञ्चार कर्मी लगायत सबैलाई धन्यवाद ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?