गरियो हङकङ अब्जर्भेटरी रद्द

हङकङ। हङकङ अब्जर्भेटरीले सहरमा जारी टाइफुन नम्बर १ संकेत रद्द गरिएको जनाएको छ । यो संकेत आइतबार साँझ ५ बजेसम्मका लागि पहिलो पटक र फेरि मध्यरातसम्मका लागि दोस्रो पटक बढाइँदै अन्ततः सोमबार दिउँसो १२:२० मा रद्द गरिएको हो ।

अब्जर्भेटरीले शनिबार राति १०:४० मा टाइफुन संकेत १ जारी गरेको थियो। संकेत रद्द भएता पनि स्थानीयस्तरमा हिमपातको सम्भावना कायमै रहेको र हावा अपतटीय तथा उच्च जमिनमा तीव्र चल्ने सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन अब्जर्भेटरीले सतर्क गराएको छ ।

‘स्थानीय रूपमा,अझै पनि थोरै वर्षा भइरहेको छ र अपतटीय तथा उच्च जमिनमा हावा चलिरहेको छ,’मध्यान्ह १२:२० मा संकेत रद्दको सूचना जारी गरेको अब्जर्भेटरीले १२:२५ को अर्को बुलेटिनमा भनेको छ, ‘बाढी आउने सम्भावना कायमै रहेकोले सर्वसाधारणलाई तटीय क्षेत्रबाट टाढा रहन र सतर्कता अपनाउन सुझाव दिइएको छ।’

अब्जर्भेटरीको वेबसाइटमा उल्लेख भएअनुसार आज हङकङको तापक्रम २८ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहनेछ। दिउँसो १ बजे सहरको तापक्रम ३२.५ डिग्री सेल्सियस रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?