काठमाडौं । पूर्व राज्यमन्त्री रामचन्द्र रायको अज्ञात समूह द्वारा हत्या गरिएको छ । उनको सर्लाही स्थित आफ्नै घरमा सुतिरहेका बेला मध्यराति रायको हत्या भएको हो।
सर्लाही प्रहरीका अनुसार करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी उनको हत्या भएको हो ।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत हुन्। घटनास्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंह सहितको टोली पुगिसकेको छ।
उनको हत्या कसले र किन गर्यो भन्ने अहिलेसम्म केही खुलेको छैन। प्रहरीले रातिबाटै सीमा सिलबन्दी गरेर अनुसन्धान शुरु गरिसकेको छ।














