५६ जना नेपाली विद्यार्थी बंगलादेशबाट फिर्ता

काठमाण्डु । बंगलादेशबाट करिब ५६ जना विद्यार्थी काठमाडौं फर्केका छन् । आइतवार विमान बङ्गलाबाट उनीहरू काठमाडौंं आइपुगेका हुन् ।

बंगलादेशमा आन्दोलन चर्किदै गए पछि त्यहाँ रहेका झन्डै ३ हजार नेपाली सुरक्षितसाथ नेपाल फर्किने क्रम सुरु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार ८ सयभन्दा बढी विद्यार्थी नेपालका लागि प्रस्थान भइसकेका छन् । तीमध्ये केही हवाईमार्ग र केही स्थलमार्ग हुँदै नेपाल आउँदै छन् । अन्य पनि आफूलाई पायक पर्ने गरी नेपाल फर्किरहेका छन् ।

मन्त्रालयले बंगलादेशमा बढ्दै गएको आन्दोलनका कारण त्यहाँ रहेका नेपालीहरूको सकुशल स्वदेश फिर्ताका लागि सरकारले विभिन्न निकायसँग समन्वय गरिरहेको भन्दै भारतीय सीमा हुँदै वा भारत हुँदै नेपाल आउन चाहने विद्यार्थीलाई सहजता प्रदान गरिदिनका लागि दूतावासमार्फत् कुराकानी भइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?