मनाङको तिमाङखोलामा बाढीले बगायो पुल

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१, तिमाङको तिमाङखोलामा बाढीले काठेपुल बगाएको छ । मंगलबार राति पौने ८ बजेतिर पुल बगाएपछि सडक अवरुद्ध भएको मनाङ प्रशासनले जानकारी दिएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले तिमाङखोलामा आएको बाढीले काठेपुल बगाउँदा बेंसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको बताए । वर्षा र बाढीपहिरो कम भएपछि तिमाङखोलामा अर्को विकल्प नहुञ्जेल पुनः काठेपुल राखिने मनाङ प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङले वैकल्पिक व्यवस्था नहुञ्जेल उक्त क्षेत्रमा आवतजावत नगर्न र नगराउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?