काभ्रेको धुलिखेलका दुई घरमा चट्याङ पर्दा लाखौँको धनमाल क्षति

काठमाडौं । आइतबार साँझ काभ्रेको धुलिखेलका दुई घरमा चट्याङ पर्दा लाखौँको धनमाल क्षति भएको छ ।

धुलिखेल नगरपालिका १० सारदा बतासे निवासी लक्ष्मी केसी र सोही ठाउँका सुवर्ण केसीको घरमा चट्याङ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

चट्याङबाट लक्ष्मीको दुई तल्ले पक्की घरको छतको ढलान तीन ठाउँमा प्वाल पारेको प्रहरीले जनाएको छ । चट्याङले घरको कोठाको गारोसमेत भत्किएको छ ।

चट्याङबाट बिजुलीको मिटर बक्स, फ्रिज, सिलिङ फ्यानसहितका विद्युतीय उपकरणमा क्षति भएको प्रहरीले जनाएको छ । चट्याङले लक्ष्मीको घरमा झण्डै पाँच लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी सुबर्ण केसीको पक्की घरको छतसमेत चट्याङले प्वाल परेको छ ।

टीभी, बिजुलीको मिटरसहितका विद्युतीय उपकरण जल्दा उनको पनि झण्डै ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको श्रेष्ठले बताए । चट्याङबाट मानवीय र पशुचौपायामा भने क्षति भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?