मुस्ताङमा असोज लागेपछि मात्र स्याउ टिप्न पाइने

स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ ।

चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ ।

सोही निर्णयलाई कार्यान्वयन गर्न बिहीबार घरपझोङ गाउँपालिकाले बजारमा बिक्रीका लागि राखिएको २५ किलो स्याउ जफत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

गाउँपालिकाले बजार अनुगमन गर्दा जोमसोमस्थित कोसेली हाउसमा बिक्रीका लागि राखेको उक्त स्याउ जफत गरेको अधिकृत आचार्यले बताए ।

उनका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा दुई किलोको तौलमा प्लास्टिकमा प्याक गरिएका १० प्याकेट र एक किलोका पाँच प्याकेट स्याउ नियन्त्रणमा लिइएको हो ।

स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत् राख्ने उद्देश्यले असोज १ गतेपछि मात्र स्याउ टिप्न मुस्ताङका पाँचवटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाएका उनले बताए ।

स्याउको राजधानीका रुपमा परिचित मुस्ताङमा पछिल्ला दिनमा स्याउ खेती फस्टाउँदै गएको र यहाँ इटालीयन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउको खेती हुँदै आएको छ ।

त्यस्तै नयाँ जातका अर्थात् उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका बिरुवा लगाइएको छ । मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा लगाइएको जनाइएको छ ।

मुस्ताङको एक हजार दुई सय बढी हेक्टर जमिनमा स्याउ खेती गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका पद्यमनाथ आत्रेयले जानकारी दिए । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गका हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।

विसं २०२३ मा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पु¥याएको इतिहास छ ।

मुस्ताङबाट सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ । मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रसिद्ध गाउँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?