१२ अशोज २०८२, आइतबार
१२ अशोज २०८२, आइतबार

दलिय सिण्डिकेटको उपज: जेन्जी आन्दोलन

नेपालमा संसद, संविधान, निर्वाचन र बहुदलीय संरचना देखिँदा नेपालको लोकतन्त्र स्थिर देखिए पनि यसको अन्तरात्मा भने दलिय सिण्डिकेटले कब्जा गरेको थियो । लोकतन्त्रको आत्मा दलहरूको भागबण्डा होइन, जनताको सहभागिता हो। तर दलिय सिण्डिकेटले यही आत्मालाई कमजोर बनाएको छ। त्यसको प्रतिफल नै जेन्जी आन्दोलन हो। राष्ट्रियता र प्रजातन्त्र राष्ट्रका आधारस्तम्भ हुन् । राष्ट्रियता र प्रजातन्त्रविना प्रजातान्त्रिक राष्ट्रको कल्पनासमेत गर्न सकिदैन । यी दुवै तत्वले राजनीतिमा सर्वाधिक महत्व राख्दछन् । सबै राजनीतिक दलको प्रमुख एजेण्डा राष्ट्रियता र प्रजातन्त्र नै हु्न्छ । उनीहरुको घोषणापत्रले यसको पुष्टि गरेको देखिन्छ । राजनीतिक दलका नेताहरु आफू र आफ्नो पार्टी सर्वाधिक राष्ट्रवादी र प्रजातन्त्रवादी भएको प्रमाणित गर्न ठूलो–ठूलो स्वरले गर्जने गर्दछन् । हुनतः यसको परिभाषा आ–आफ्नै तरिकाले बेग्लाबेग्लै गरेको पाइन्छ । परिभाषा जस्तो भए पनि राष्ट्रियता र प्रजातन्त्र राष्ट्रका अभिन्न अंग हुन् । राष्ट्र नै सर्वाेपरी हो । राष्ट्र भए सबै तन्त्र हुन्छ । राष्ट्रलाई बचाइराख्न जस्तोसुकै तन्त्र अपनाए पनि हुन्छ । राष्ट्रलाई बचाईराख्न समयानुसार तन्त्र अपनाउनु उपयुक्त देखिन्छ । राष्ट्रियता विभिन्न तन्त्रमा अटाएको हुन्छ ।परिभाषा मात्र फरक हो ।

यदि नेतृत्वले सबै वर्ग तहलाई समेट्न नसक्नु वा नचाल्नु त्यसको कमजोरी हो । नेतृत्वले राष्ट्रियता र प्रजातन्त्रलाई प्रयोग गरेर सत्तामा जाने भ¥याङ बनाए ।सैद्धान्तिक रुपमा राष्ट्रियता र प्रजातन्त्रको पक्षमा वकालत गर्न नथाक्ने नेताहरु व्यवहारमा कति प्रतिबद्ध छन् भन्ने कुरा उनीहरुको चरित्रले देखाइसकेको छ । राष्ट्रियता र प्रजातन्त्रप्रति कति बफादार छन् भन्ने नाप्ने कसी त उनिहरुको व्यवहार नै हो । बहुदलीय व्यवस्था पुनः स्थापना पछि मुलकुमा धेरै पार्टी जन्मिए सबैले एउटै नारा लगाए राष्ट्रियता र प्रजातन्त्र खतरामा छ । मुलकुमा बाह्य हस्तक्षेप बढ्दै छ । नेपाल अघोषित रुपले उपनिवेश भयो । असमान सन्धी खारेज हुनुपर्दछ । जस्ता कयौं राष्ट्रियताका मुद्दा उठाएर संगठन गरे, जनयुद्ध गरे फलस्वरुप जनआन्दोलन–२ पश्चात मुलुकमा गणतन्त्र स्थापना भएको छ । त्यस पश्चात आन्दोलनकारीका नाइकेहरुले पालैपालो मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन् तर उनीहरु विपक्षमा रहुदा र सत्तामा हुुदाको बखतमा बोली व्यवहारमा कति फरक छ ? केवल उनीहरु सत्तामा जानको लागि राष्ट्रियताका विषयलाई उठाएको देखिन्छ । किनकि आजसम्म मुलुकको नेतृत्व गरेका व्यक्तिको कार्यशैली, काम गर्ने तरिका, नीति निर्माण, प्रशासनिक कार्यशैली र कार्यान्वयन प्रक्रियामा कुनै नयाुपन आएनन ।

नेपाली जनताको इच्छा भावना व्यवस्था परिवर्तन संगसगै सबै परिवर्तन गर्ने थियो तर केवल नामात्र परिवर्तन भयो । मुलुक र जनताको लागि केही गरौ भन्ने संकल्प त्यसप्रतिको समर्पण देखाउन तिनीहरुले सकेनन् । नेपालमा राजनीतिक दलहरूले लोकतन्त्रलाई आफू–अनुकूल व्याख्या गर्दै नागरिक अधिकारभन्दा पार्टी स्वार्थलाई अगाडि सारेका छन्। सत्ता बाँडफाँडमा ठूला दलहरूको वर्चस्व, नेतृत्वको पुनरावृत्ति र आन्तरिक लोकतन्त्रको अभाव दलिय सिण्डिकेटले राज्य सत्ता भोग गरिरहे । परिणामतः लोकतन्त्र जनताको होइन, नेताहरूको खेलमैदान बन्यो । यस्तो सिण्डिकेटप्रति असन्तोष नै जेनेरेसन–जेड (जेन्जी) आन्दोलनको प्रमुख कारण हो। यो आन्दोलन कुनै एक दलविरुद्धको विद्रोह मात्र होइन, सम्पूर्ण राजनीतिक दलहरुले गरेको विकृतीको परिणाम हो । भ्रष्टाचार, कुशासन, सामाजिक सञ्जालको प्रतिबन्ध र बारम्बारको सत्ता–परिवर्तनले विकासमा आएको गतिरोध,यी सबै कारणले नयाँ पुस्तामा असन्तोष उब्जाएको थियो । यही असन्तोष सडकमा ‘जेन्जी आन्दोलन’का रूपमा विस्फोट भएको हो। जेन्जी आन्दोलनले एउटा नया क्रान्तीको विजारोपन ग¥यो ।
नेताहरुले लोकतन्त्रलाई निजि े सम्पत्ति बनाएका थिए । आन्दोलनले देखाएको छ कि लोकतन्त्रलाई दलहरूको निजी सम्पत्ति बनाएर टिकाइ राख्न सकिँदैन। नागरिकलाई समेट्न नसके लोकतन्त्र केवल औपचारिक संरचनामा सीमित हुनेछ ।

युवाहरूको असन्तोषलाई अराजकतामात्र देखेर दमन गर्ने प्रवृत्ति खतरनाक बन्यो । बरु यो आन्दोलनलाई सुधारको अवसरका रूपमा लिएको भए जनधनको क्षति हुने थिएन । संसदीय व्यवस्था जनताको प्रतिनिधि मूलक व्यवस्था हो । उत्कृष्ट र आदर्शयुक्त व्यवस्था हो यसमा दुईमत छैन । यो व्यवस्था चलाउन समाज पनि त्यतिकै उत्कृष्ट र सक्षम हुनुपर्दछ । निकृष्ट व्यक्तिहरु मिलेर उत्कृष्ट व्यवस्था चलाउन सक्दैनन् । उत्कृष्ट व्यवस्थाको लागि निकृष्ट मान्छेहरु र निकृष्ट मान्छेहरुको लागि उत्कृष्ट व्यवस्था सम्भव हुँदैन । यदि भयो भने त्यो व्यवस्था अरु व्यवस्था भन्दा साहै दुःखदायी हुन्छ ।

चरित्रहीन र सिद्धान्तहीन व्यक्तिहरुले संसदीय व्यवस्था चलाउदा चलाउने व्यक्ति व्यवस्था र स्वं मुलुकै ह्रास हुने अवस्था आउछ । जसको लागि राष्ट्रले धेरै मुल्य चुकाउनु पर्दछ । नेपालमा मतदाता कति प्रतिशत साक्षर छन् र त्यसमा १८ वर्ष मूनिका साक्षरहरुको संख्या घटाउँदा वयस्क साक्षरहरुको प्रतिशत धेरै कम हुन आउँछ । वयस्क साक्षरहरुले पनि मतदान गर्न पाए पाएनन् त्यो बुझ्न जरुरी छ । अधिकांश युवाहरु देश बाहिर छन् । बुद्धिवल बाहुबल युवाहरुले बिदेशी शहरहरुमा श्रम वेचिरहेका छन् । तीनिहरुले नेपालमा श्रम बेच्ने स्थान पाएनन् । जीविको पार्जन गर्नको लागि विदेशी भूमीमा श्रम बेच्न बाध्य छन् । उनीहरु नेपालको राजनीतिमा भाग लिने औवसर पाएका छैनन् । ब्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने युवाहरु पनि खाडि मुलुकमा श्रम वेचिरहेका छन् । उनीहरुको चाहना व्यवस्था परिवर्तनसंग संगै सवै परिवर्तनको चाहना थियो ।व्यवस्था परिवर्तन भयो सत्ता सञ्चालकहरुको चरित्र परिवर्तन हुन सकेन । सत्ता सञ्चालकहरुको शोच, चरित्रमा, बानीमा परिवर्तन हुन जरुरी थियो । व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका युवाहरुको विदेशी भूमीमा श्रम बेच्ने रहर होइन बाध्यता हो । उनलाई मातृभूमिमा पसिना बगाएर आफ्नो उज्जवल भविष्य निर्माण गर्न चाहना पुरा हुन सकेन ।

उनीहरुलाई आफ्नो समस्या बाध्यता व्यक्त गर्न पनि ठाउ पाएनन् । नेपालको भविष्य निर्माण कर्तालाई चुन्ने अवसरबाट वन्चित भए । नेपालका अधिकांश युवाहरु चुन्निने र चुन्ने अवसरबाट वन्चित भएका छन् । त्यसैले नेपालमा मतदाता गर्ने कति प्रतिशत साक्षर छन् र त्यसमा १८ वर्ष मूनिका साक्षरहरुको र विदेश गएका युवाहरुको संख्या घटाउँदा नेपालमा रहेका वयस्क साक्षरहरुको प्रतिशत धेरै कम हुन आउँछ यस्तो समाजमा सही जनमत प्रकट हुन नसक्ने स्पष्ट छ तर प्रतिनिधि मुलुक व्यवस्थाको विकल्प छैन संसदीय व्यवस्था होस की अन्य जनप्रतिनिधि मुलुक व्यवस्था त्यसलाई बाटोमा हिडाउने एउटा क्रान्तिकारी तत्वको स्थापना गर्नु नै सही उपाय थियो । आजको युगमा विश्वले धेरै उन्नती गरिसक्यो । हामी धेरै पछि प¥यौ । किनकी क्रान्तिलाई साधन बनाएर सत्ता परिवर्तन गर्नेहरुको सत्ता प्रजातान्त्रिक गर्न सकेनन् । सत्तालाई टिकाउन पनि सकेनन् । अतः, व्यवस्थाको मात्र होइन, नेताको चरित्रमा पनि क्रान्तिकारी सुधार हुन आवश्यक छ। सत्ता परिवर्तनमा मात्रै सीमित क्रान्तिले राष्ट्रलाई अगाडि बढाउन सक्दैन। राष्ट्रको उन्नति, जनताको उत्थान र समाजपरिवर्तन गर्ने उन्नत क्रान्ति नै आजको आवश्यकता हो।

लेखकः बंशीकुमार शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?