२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

परासीमा जेनजीसहित एक दर्जन युवा माओवादीमा प्रवेश

पश्चिम नेपालबाट सुरु गरिएको नेकपा (माओवादी)को समाजवादी जागरण अभियान अन्तर्गत परासी जिल्लामा जेनजीसहित एक दर्जन युवाहरू माओवादीमा प्रवेश गरेका छन्।
आइतबार परासी जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएका कोणसभाहरूमा सहभागी हुँदै जेनजी पुस्ताका युवासहित १२ जना नेकपा (माओवादी)मा आबद्ध भएका हुन्।

जिल्लाको बर्दघाट बजारमा सम्पन्न कार्यक्रममा अध्ययन पाठक, अमिर तामाङ, रञ्जित सुनार, विश्व पौडेल, भिकु मल्ल, सन्दीप परियार, नवीन थारु र सम्राट रोक्का गरी आठ जना जेनजी युवाहरू माओवादीमा प्रवेश गरेका छन्।

यसैगरी रामग्राम नगरपालिका–५ स्थित बुद्ध चोकमा आयोजित कार्यक्रममा महेश हरिजन र रोहित हरिजन माओवादीमा प्रवेश गरेका छन्। यस्तै, सुनवल नगरपालिका अन्तर्गत भूमही चोकमा आयोजित कार्यक्रममा टीका चौधरी र जनार्दन वास्कोटा विप्लव नेतृत्वको नेकपा (माओवादी)मा प्रवेश गरेका छन्।

नवप्रवेशी युवाहरूलाई समाजवादी जागरण अभियानका प्रमुख प्रेम सीले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका थिए। सो अवसरमा उनले पार्टीमा आबद्ध भएका युवाहरूलाई हार्दिक बधाई दिँदै समाज परिवर्तनको संघर्षमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

नवप्रवेशी युवाहरूले अन्य राजनीतिक दलहरू भ्रष्ट र विदेशी शक्तिको प्रभावमा रहेको आरोप लगाउँदै नयाँ पुस्ताको भविष्यका लागि विप्लव नेतृत्वको माओवादीको एजेन्डा मन परेकाले पार्टी प्रवेश गरेको बताएका छन्।

नवप्रवेशी टीका चौधरीले जनताको मुक्ति र देशको संरक्षणका लागि संघर्ष गर्ने स्पष्ट एजेन्डा बोकेको पार्टी विप्लव नेतृत्वको माओवादी मात्र देखिएकाले आफू पार्टीमा प्रवेश गरेको बताए।
कार्यक्रममा अभियान टोलीका सदस्यहरू तथा जिल्ला पार्टीका नेताहरूको उपस्थिति रहेको थियो। उनीहरूले नवप्रवेशी युवाहरूलाई भव्य स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?