२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

भोलि देखि सुरु हुने मध्यपुर महोत्सवका यस्ता छन् मुख्य आकर्षणहरु

मध्यपुर । करिब २० वर्षकाे अन्तराल पछि हुन लागेको मध्यपुर महोत्सवलाई आकर्षक बनाउन व्यवस्थित तयारी गरिएको छ ।“पर्यटन विकासका लागि मध्यपुर महोत्सव” भन्ने उद्देश्यका साथ यहि पुस १२, १३ र १४ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा महोत्सव संचालन हुने छ ।

महोत्सवमा स्थानीय प्रशासन, सामाजिक संघ संस्था, र स्थानीय समुदायको समन्वय र सहकार्यमा महोत्सव प्रभावकारी बनाउने योजनाका साथ तयारी भएको आयोजक समितिले बताएको छ ।

भक्तपुरको मध्यपुर थिमिमा आयोजित उक्त मध्यपुर महोत्सवमा स्थानीय परम्परा, संस्कृति र कलाको प्रदर्शन एबम् प्रवर्धनलाई जोड दिइने बताइएको छ ।

स्थानीय कला, संस्कृति, र परम्पराको अद्वितीय संगम स्थल रहेको मध्यपुर महोत्सवमा विभिन्न आकर्षकका केन्द्रबिन्दु रहेका छन । महोत्सवमा शंखधर चोकदेखि बोदेको टिगनिसम्म करिब ५.५ किलोमिटरको दुरीसम्मको स्थानहरुमा त्यहाँका कला, सिप देखाउने स्टलहरु तयार गरिएका छन् । महोत्सवमा माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने, चिउरा कुट्ने, तेल पेल्ने, परम्परागत मदिरा बनाउने, खानाको परिकार बनाउने, कपडा बुन्ने, बत्ती काट्ने, धूप बाट्‌ने, खेती गर्ने, पिठो पिस्ने, चामल कुट्ने, गेडागुडीको व्यापार, मूर्तीकला, हस्तकलाको पनि अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै भजनकीर्तन, पूजा, वृद्ध तथा बालबालिकाको खेल, बाँसुरी बाजासहित नगर परिक्रमा, धिमेबाजा प्रदर्शन गरिने आयोजकले बताएका छन् । महोत्सवमा नेवारी मौलिक परिकारका साथै साँस्कृतिक प्रदर्शनी अन्तर्गत नेवा : भ्वयका प्रकारहरू, मध्यपुरसँग सम्बन्धित पुस्तक, गेडागुडी, नेवा : समाजको जीवनशैलीसँग सम्बन्धित भेषभुषा, भाँडाकुँडा तथा औजारहरू, बाजागाजा प्रदर्शनी गरिने भएका छन् ।

महोत्सवमा नेवारी मौलिक परिकारका साथै साँस्कृतिक प्रदर्शनी अन्तर्गत नेवाः भ्वयका प्रकारहरू, मध्यपुरसँग सम्बन्धित पुस्तक, गेडागुडी, नेवाः समाजको जीवनशैलीसँग सम्बन्धित भेषभुषा, भाँडाकुँडा तथा औजारहरू, बाजागाजा हेर्न मिल्ने छन् ।

मध्यपुर थिमी नगरपालिकाले सबैलाई महोत्सवमा सहभागी भएर उक्त क्षेत्रको कला, संस्कृति, र परम्परालाई आत्मसात गर्न तथा त्यसको प्रचारप्रसार र संरक्षणमा सहयोग पुर्याउन महोत्सवमा सहभागी हुन सबैमा अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?