२ पुस २०८२, बुधबार
२ पुस २०८२, बुधबार

एमाले शुक्लाफाँटा नगर पुर्व माओवादी नेताको कब्जामा

कञ्चनपुर, मंसिर ५ : नेकपा एमाले शुक्लाफाँटा नगरको अध्यक्षमा धिरेन्द्र साउद निर्वाचित भएका छन । एमाले शुक्लाफाँटा नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा साउद निर्वाचित भएका हुन । सहमती हुन नसकेपछि एमाले शुक्लाफाँटा नगर चुनावमै होमिएको छ । मुख्य निर्वाचन अधिकृत जनक बहादुर विष्टद्वारा जारी गरिएको मत परिमाण अनुरुप साउदले आफ्ना निकटतप्रतिद्वन्द्वी ज्ञानेन्द्र प्रशाद जोशीलाई ७मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । साउदले ५२ र जोशीले ४५ मत ल्याएका थिए । उपाध्यक्षमा बीर बहादुर बोहरा निर्वाचित भएका छन । बोहराले आफ्ना निकटतप्रतिद्वन्द्वी मोनिका भण्डारी(भट्ट)लाई ३८भारी मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । बोहराले ६७ र मोनिकाले २९ मत ल्याएका छन ।

सचिवमा प्रमानन्द जोशी निर्वाचित भएका छन । जोशीले आफ्ना निकटतमप्रतिद्वन्द्वी दिपेन्द्र कुमार भण्डारीलाई १८ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन । जोशीले ५८ र भण्डारीले ४०मत ल्याएका छन ।

उप सचिवमा अञ्जना चौधरी ६२, कमला विक ५९मतका साथ निर्वाचित भएका छन । उप सचिवमा बाले राना ३७ र माया ओडले ३५मत ल्याएका छन । १०१खसेका मत मध्ये १ म बदर भएको थियो । नेकपा एमाले शुक्लाफाँटा नगरको नेतृत्व धिरेन्द्र साउद र संगठन प्रमुख समेत रहने सचिव प्रमानन्द भण्डारी पुर्व माओवादी युवा नेता हुन । कतिपयले उनीहरु एमालेमा प्रवेसंगै जितेपछि एमाले शुक्लाफाँटा नगरपालिका अब माओवादीको कब्जामा भएको, माओवादी हावि भएको भन्दै धारणा अघि सारिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?