३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

देशभरका रिक्त ४४ स्थानीय तहका जनप्रतिनिधिका लागि उपनिर्वाचन हुँदै

काठमाडौं । अबको १५ दिनपछि देशभरका रिक्त ४४ स्थानीय तहका जनप्रतिनिधिका लागि उपनिर्वाचन हुँदैछ । सत्तारुढ दलहरू एक आपसमा प्रतिस्पर्धामा उत्रँदैछन् ।

निर्वाचन आयोगले तयारी तिव्र पारिरहँदा दलहरू पनि चुनाव हुने क्षेत्रमा बाक्लो देखिन थालेका छन् । यसैबीच संघीय राजधानीसमेत रहेको काठमाडौँ कीर्तिपुर नगरपालिकाको मेयर पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।

शीर्ष नेतासमेत पुग्न थालेको कीर्तिपुरमा मुख्य दलहरूले आ–आफ्ना उम्मेदवार तय गरिसकेका छन् । नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा (माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),जसपा नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका मुख्य दलले उम्मेदवार तय गरेका छन् ।

सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा नराम्रोसँग कीर्तिपुरमा हार बेहोरेको एमाले यसपटक साख फर्काउने दाबीका साथ अपरीक्षित अनुहार लिएर मैदानमा उत्रिएको हो।

कीर्तिपुरकै रैथाने समेत रहेका मानन्धर एमालेसँग भिजेको बौद्धिक व्यक्तित्व भएका कारणले पनि यो पटकको चुनाव सहज हुने एमालेको आकलन छ ।

उत्ता, सत्तामै रहेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि शनिबार उम्मेदवार टुंगो लगाएको छ । अघिल्लो निर्वाचनमा जित हात पारेको कांग्रेसले नगर समिति सभापति समेत रहेका कृष्णमान डंगोललाई अघि सारेको छ ।

कांग्रेसबाटै मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधनपछि यहाँ उपचुनाव हुन लागेको हो। त्यसैले पनि यो क्षेत्रको जित जोगाएर कांग्रेस आफ्नो जनमत घटेको छैन भन्ने सन्देश दिन चाहन्छ।

कांग्रेसले उपनिर्वाचनको कमाण्डर पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई बनाएको छ। उनकै नेतृत्वमा केन्द्रीय संयोजन समिति नै गठन गरेर चुनावमा होमिएको कांग्रेसले एक्लाएक्लै चुनाव लड्नुपर्ने प्रस्ताव लगातार अघि सार्दै आएको छ।

उता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रा.डा शिवशरण महर्जनलाई अघि सारेको छ । महर्जनको उम्मेदवारी घोषणा गर्दै अध्यक्ष प्रचण्डले यसपटक कीर्तिपुरमा इतिहास रचिने दाबी गरेका छन्।

यहाँ माओवादी उम्मेदवार प्रा.डा महर्जनलाई एकीकृत समाजवादीले समर्थन गर्ने समझदारी बनेको छ । यो नगरपालिकामा अहिलेसम्म कुनै जित दर्ज नगरेको इतिहास कोट्याउँदै प्रचण्डले भनेका छन्,अब हामी बदलिन चाहन्छौँ ।’ । तर,विगतका चुनावी परिणामले भने माओवादीलाई यो नगरपालिका जित्न सहज देखिँदैन ।

त्यस्तै,पछिल्लो निर्वाचनबाट संसद्को २१ सिट आफ्नो पोल्टामा पारेको रास्वपा पनि यो पटक स्थानीय निर्वाचनमा होमिँदैछ। कीर्तिपुरको मेयरमा रास्वपाले जयराम कार्कीलाई उम्मेदवार बनाएको छ ।

कार्कीले मात्रै रास्वपाले आह्वान गरेको आवेदन भरेका थिए। सोही आधारमा रास्वपाले कार्कीलाई मेयरको उम्मेदवार बनाएको छ। रास्वपाले बागमती प्रदेशमा चुनावी कमाण्डको जिम्मा केन्द्रीय सदस्य शिशिर खनाललाई दिएको छ ।

पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यहाँ ध्रुवबहादुर महर्जनलाई उठाउँदैछ। स्थानीय तहमा उम्मेदवारी दिने र कसैसँग तालमेल नगर्ने निर्णय लिएको राप्रपाले महर्जनको उम्मेदवारी घोषणा सभामा अध्यक्ष राजेन्द्र लिङ्देनलाई उपस्थित गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?