३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

रवि लामिछानेलाई फेरि लगियो कास्की

रूपन्देही- सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई रुपन्देहीबाट फेरि कास्की लगिएको छ ।

बुटवलको सुप्रिम वचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणमा संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि आज कास्की लगिएको हाे।
बिहान पाैने ८ बजे नै कास्की लगिने तयारी भएपनि माैसम खराबीका कारण बिमानस्थल खुल्न नसक्दा दिउँसो पाैने २ बजेमात्र पोखरातर्फ विमानबाट लगिएको रूपन्देही प्रहरीले जनाएको छ।

गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?