नुवाकोट गाडी दुर्घटना पाँच घाइते,एकजना मृत्यु

नुवाकोट- नुवाकोटको पूर्वी भेगमा रहेको काफलडांडामा गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

चालकसहित पाँच जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका ८ काफलडांडामा शनिवार काठमाडौवाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा रहेको बा १४ च ३८५४ नम्बर को निजी हाइलक्स गाडी सडकमार्गवाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा काठमाडौँको तारकेश्वर नपा ९ का ५८ वर्षीय उपेन्द्र खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

छहरे–टोखा–गँगटे–गल्छी सडक मार्गको बिचमा रहेको काफलडांडाको दुर्घटनामा परि चालक काठमाडौँको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षिया हरिकला खनाल र ५१ वर्षिया गायत्री खनाल घाइते भएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उपेन्द्र खनालको काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटना लगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरूको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?